भक्तपुर उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय भक्तपुरबीच छलफल


2021-11-21 12:50:49

News Image

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरको नेतृत्वमा पदाधिकारी सम्मिलित एक टोली र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत ताराप्रसाद भुसाल तथा अन्य कर अधिकृतहरुको सहभागितामा उद्यमीव्यवसायीहरुको लागि कर सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने विषयमा छलफल भयो ।
सोही अवसरमा हालै सरुवा भई आउनु भएका प्रमुख कर अधिकृत भुसाललाई भक्तपुर जिल्लामा स्वागत गर्दै अध्यक्ष मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरुलाई करप्रति त्रसित होइन आकर्षित तुल्याउनुपर्नेमा जोड दिनुभयो । यसका लागि आन्तरिक राजस्व कार्यालयसित mमिलेर संघले करदाता जागरण कार्यक्रमहरुको आयोजना गर्दै जाने बिचार व्यक्त गर्नुभयो ।
प्रमुख कर अधिकृत ताराप्रसाद भुसालले करबारे शिक्षा दिने कुरामा विशेष ध्यान दिएर कार्यक्रमहरु तर्जुमा गर्दै जाने विश्वास दिलाउँदै विगतमाझै आफ्नो कार्यकालमा पनि स्थानीय उद्योग वाणिज्य संघसित सहकार्य गर्दै अघि बढने बताउनुभयो ।
उक्त अवसरमा अध्यक्ष शिवप्रसाद मानन्धरले संघको प्रकाशन स्मारिका र किट ब्याग प्रमुख कर अधिकृत भुसाललाई दिनुभएको थियो । संघकोतर्फबाट बरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जा, बस्तुगततर्फका उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, एसोसियट उपाध्यक्ष गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल तथा कोषाध्यक्ष सचिन्द्र प्रधानाङ्गको उपस्थिति रहेको थियो ।


Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *