नयाँं डिजाइजनको ट्याक्टर नेपाली बजारमा


2021-11-18 09:05:03

News Image

यती टेक्निक फर्मा प्रालि को भगिनी संस्था कृषि समूह नेपालले नेपालका लागि फर्मा ट्याक्टरको एकमात्र आधिकारिक आयातकर्ता भई बिक्री वितरण थालेको छ ।
हिजो सोल्टी होटलमा एक कार्यक्रम गरी उक्त ट्याक्टर प्रमुख अतिथी अर्थ मन्त्री जनार्दन शर्माले उद्घाटन गरिएको थियो । उद्घाटनको क्रममा मन्त्री शर्माले कृषकका लागी ट्याक्टर एकदमै उपयोगी भएको हुनाले भारत बाट पाटपुर्जा ल्याई नेपालमै उत्पादन थाल्ने हो भने नेपाल सरकारले चाहियजती जग्गा पनि उपलव्ध गराउने र उद्योग संचालनको निम्ती  प्रति यूनिट ६ रुपैयाँमा विद्युत उपलव्ध गराउने बताए ।
नेपाल मा फर्मा ब्राण्डको उन्नत प्रविधि युक्त ट्रयाक्टर लन्च गरिएको कृर्षि ग्रुपका अनिल श्रेष्ठले बताए ।
फर्मा ब्राण्ड परम्परागत युरोपेली विरासतमा कृषि र मोटर वाहन डोमेनमा ७५ वर्ष पुरानो कम्पनी हो । यो बोटोसानीको रोमानियाली टाउनशिपमा आधारित भएको र रोमानियाली स्टक एक्सचेन्जमा दर्ता गरिएको ट्याक्टर हो । भारतको स्वामित्वमा रहेको विश्वको लागि फर्मा ब्राण्ड युरोपेली प्रविधिको साथ भारतमा बनाइ विश्वमा निर्यात गरिरहेको छ । कम्पनीले विशेष गरी कृषिमा समुदायको गुणस्तर सुधार्न, उद्यम र उद्यमशीलतामा पहल गर्न र एक विश्वसनीय व्यापार साझेदार बन्न उक्त कार्यक्रम गरेको बताए ।
अन्तरराष्ट्रिय व्यापार भारतका प्रमुख अजय मल्लिकले फर्मा ब्रान्ड र यसको भिजन मिशन प्रस्तत गरेका थिए । भने कृषि समूहका अध्यक्ष तेज विक्रम थापाल यसको भगिनी सरोकार यति टेक्निक फार्म प्रा लि को ग्राहकहरूलाई निर्बाध रूपमा सेवा दिनको लागि नेपालभर विक्री र सेवा आउटलेटहरूको बलियो नेटवर्क बनाएको बताए ।
कार्यक्रममा नाडा र अन्य संघसंस्थाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो भने केहि ग्राहकहरुलाई ट्याक्टरको चाबी हस्तान्तरण गरिएको थियो ।



Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *