पल शाह एनएमबि बैंकको ब्राण्ड एम्बेस्डर
एनएमबि बैंकले नेपालका लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ भने बैंकले विश्वभरी छरिएर रहेका ग्राहकहरुको लागी भिकेवाईसी सेवाको सुरुवात पनि गरेको छ ।
बैंकले भिडीयो केवाईसी, एक भिडियो कलका आधारमा ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने बताएकोे छ । एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक दावी गरिएको छ ।
नेपालको अग्रणी वाणिज्य बैंकनै एनएमबि बैंक रहेको बताउँदै शाहसंगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास लिईएको बैंकका कार्यकारी अधिकृत सुनिल केसीले बताए ।
उनका अनुसार एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दै ग्राहकहरुले मोवाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्ने बताएको छ ।
एनएमबि बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको प्रगतिमा आफुले उत्कृष्ट भुमिका प्रस्तुत गर्ने प्रतिबद्धता जनाउदै शाहले ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोली डिजिटल सेवाप्रयोग गर्न सबैलाइ आग्रह गरे ।
बैंकले देशैभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।