पेट्रोेलियम पदार्थको मूल्य बृध्दि फिर्ता लिनको लागी ज्ञापन पत्र


2021-11-15 13:12:26

News Image

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोेलियम पदार्थको मूल्य बढेको, भारतीय बजारमा नेपालमा भन्दा अत्याधिक मूल्य बढदा नेपालबाट पेट््रोलियम पदार्थको अपचलन भएको, निगम अत्याधिक मात्रामा घाटामा गएको जस्ता बहाना बनाइ सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा पांचदलीय गठबन्धनको सरकार आइ सकेपछि ४ पटक मूल्य बृध्दि गरी सकेकोछ भने पहिलो पटक गरेको मूल्यबृध्दि सरकारको हस्तक्षेपको कारणले दुइ दिनमा फिर्ता लिएको कुरा स्मरण गराउन चाहन्छौं ।

ने.क.पा.एमालेको अल्पमतको सरकारको पतन पछि पांच दलीय गठबन्धनमा बनेको वर्तमान सरकारले आम नागरिकलाइ महंगी नियन्त्रण गर्दछौं, आपूर्ति व्यवस्था सहज र सुदृढ गर्दछौं भनि प्रतिबध्दता जनाएको थियो । बिगतको सरकारको पालामा कालोबजारी, मुनाफाखोरी, मिसावटखोरी तथा बिचौलियाको हालीमुहालीले गर्दा आम नागरिकले समेत तिरष्कृत गरेको सरकार आफनै गुटगत राजनितीको कारण पतन भएको सर्वबिदित नै छ ।

नेपाल सरकारले निगमले कारोवार गर्ने पेट््रोलियम पदार्थको मूल्य अन्तर्राष्ट््िरय बजारको मूल्यको आधारमा बजार मूल्य तोक्ने गरी २०७३ असोज महिना देखि स्वचालित मूल्य प्रणाली लागु गरेको थियो । तत्कालिन आपूर्ति मन्त्री शुनिल थापाको निर्देशनमा लागु गरेको स्वचालित मूल्य प्रणालीको कारण नेपाल आयल निगमले बिगतको पूंजीगत तथा चालुपूजी घाटा न्यून गर्दै नाफामा आउन समेत सफल भएकोमा २०७७ को शुरुवात देखि पुनः निगम घाटा जान लागेको भन्दै मूल्य बढाउने काम गर्दै आएकोछ । नाफामा आउंदा स्वाभाविक रुपमा लिन सकिने बिभिन्न शिर्षकका भत्ताहरु घाटामा जांदा समेत खाइ रहने निगमले अन्तर्राष्ट््िरय बजारकै मूल्यको आधारमा स्वचालित मूल्य प्रणाली अन्तरगत मूल्य कायम गर्दा कसरी अर्बौंको घाटा खान थालेको हो, आम नागरिकले बुझन सकेकोछैन ।

गतसाल अन्तर्राष्ट््िरय बजारमा तेलको मूल्यमा गिरावट आइ सर्वाधिक कम मूल्य अर्थात प्रति व्यारेल १९ डलर सम्म आउंदा नेपाल आयल निगमले बिभिन्न बहाना बनाइ पेट््रोलको अधिकतम मूल्य ८६ रुपैयां कायम गरी आम नागरिकलाइ बेवकूफ बनाउने काम गरेको नेपाली जनताले बिर्सेकोछैन । सोही समयमा लगातार अन्तर्राष्ट््िरय बजारमा मूल्य घटदा समेत ४ महिनासम्म मूल्य समायोजनमा पटक्कै ध्यान नदिइ उपभोक्ताले प्रतिस्पर्धी बजार मूल्य पाउनबाट बन्चित गरेको ब्यहोरा यहां स्मरण गराउन चाहन्छौं ।

वर्तमान सरकारको महंगी नियन्त्रण गर्ने र आपूर्ति व्यवस्थापन प्रणाली सुदृढ गर्ने जनता प्रतिको प्रतिबध्दतामा लगातार बाधक हुंदै आएको निगम र निगमको व्यवस्थापनीय पक्ष जनता प्रति अत्यन्त निर्दयी स्वभाव देखाउदै सरकारलाइ अलोकप्रिय बनाउन उद्दत रहेको कुरा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष आग्रह गर्न चाहन्छौं ।

वर्तमान अवस्थामा अन्तर्राष्ट््िरय बजारमा तेलको मूल्य बढदै घटदै गरेकोले बजार मूल्य स्थिर रहन सकेकोछैन । अन्तिम पटक मूल्य बढाएको निगमले त्यो भन्दा १२ दिन अगाडी मूल्य बढाउदाको क्रममा अन्तर्राष्ट््िरय बजार मूल्य प्रति व्यारेल ८६ डलरको हाराहारीमा थियो भने त्यस्को १२ दिन पछिसम्म मूल्यमा गिरावट आइ अन्तिम पटक मूल्य बढाउंदा ८२ डलर प्रति व्यारेल कायम भएको अवस्था थियो । यसरी लगातार १२ सम्म मूल्य घटदा पनि आफैले स्थापित गरेको १५÷१५ दिनमा कायम गर्ने स्वचालित मूल्य प्रणालीको बिपरित १२ दिनमा नै मूल्य बढाउनु अचम्मको बिषय भएकोछ । सरकारलाइ नै अप्थ्यारो पार्ने यस्तो काम कुनै बिपक्षीले पनि गर्न सक्दैन, जसले जनताको दृष्टिकोणमा सरकारलाइ गिराउने काम गरेकोछ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
    उपरोक्त व्यहोरालाइ गम्भिरताका साथ मनन गरी आम नागरिकको दैनिक जीवन माथि नै प्रत्यक्ष असर पर्ने र सर्वसाधारण नागरिकले चुल्हो बाल्न पनि कठिन हुने अवस्था आएकोले तत्काल बढेको मूल्य फिर्ता गर्नको लागी हार्दिक आग्रह गर्दछौं । साथै निगमको कारोवारलाइ सहज र सुदृढ बनाइ स्वचालित मूल्य प्रणालीलाइ वस्तुगत गर्न र निगम आर्थिक अवस्था सुदृढ गर्न अहिले भई रहेको भनिएको घाटापूर्तिको लागी अन्य उपलव्ध उपायहरु अवलम्बन गरी सबैको हितमा लागु गरी पाउन यो ज्ञापन पत्र प्रस्तुत गरेकाछौं ।
(प्रेमलाल महर्जन)
   अध्यक्ष

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *