काठमाडौँ । फिल्म ‘ओभर डोज’को ट्रेलर आज सार्वजनिक भएको छ । आगामि मंसिर १७ गते सार्वजनिक प्रदर्शनमा आउने फिल्म ओभर डोजको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको उक्त फिल्मको ट्रेलर हलिउड शैलीमा निर्माण भएको छ ।

फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा बनेको हो । निर्देशक सुमन पौडेले निदेशन गरेको उक्त फिल्ममा प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भुमिका रहेको छ भने जीवन कुमार केसीले निर्माण गरेका हुन् ।

फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । प्रोडक्सन डिजाइनर नयन आचार्यको रहेको फिल्म जि.जि ग्रूप उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर बितरण गर्न लागेको छ ।

निर्माता जीवन कुमार केसीले फिल्म क्षेत्रलाई चलायमान गराउने उदेश्यले ‘ओभर डोज’ युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण गरेको बताए ।...

All Comments.......


Please Login/Register To Comments