भक्तपुर उद्योग वाणिज्य संघको अधिवेशन ः उत्कृष्ट निर्यातकर्ताहरु सम्मानित


2021-11-12 10:42:07

News Image

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको शुक्रबार भक्तपुरमा भएको ३४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा उत्कृष्ट पाँंच वटा निर्यातकर्ताहरु सम्माानित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उनीहरुलाई सम्मान गरेका हुन् ।
भारततर्फ श्री सिद्धि गणेश तरकारी तथा प्रशोधन प्रथम र रिजन एण्ड सुजन पस्मिना दोश्रो भई सम्मानित भएका हुन् । यस्तै तेश्रो मुलुकतर्फ श्री हिमालयन निटवेयर प्रालि प्रथम, श्री नेपाल ह्याण्ड निट दोश्रो र श्री प्रधानांग एपेरियल्स तेश्रो भई सम्मानित भएका हुन् ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरलगायतले संघले गरेको विविध गतिविधिहरुबारे चर्चा गरे । कार्यक्रममा प्रमुख अतिथिलगायत अतिथिहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो । कार्यक्रममा संघद्धारा प्रकाशित स्मारिकाको पनि विमोचन गरिएको थियो ।
संघको अधिवेशनले नयाँं नेतृत्व पनि चयन गर्नेछ । संघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । यस अनुसार अवको संघको नेतृत्व वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले गर्नेछन् । बाँंकी पदाधिकारीहरुका लागि भने दुई वटा पदबाहेकमा सर्वसम्मत रुपमा सहमति भइसकेको जनाइएको छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष साधारणका लागि भोलि शनिबार संघको कार्यालय व्यासीमै निर्वाचन हुने जनाइएको छ ।


Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *