भक्तपुर उद्योग वाणिज्य संघको साधारणसभा सुरु, भोलि निर्वाचन


2021-11-12 09:58:35

News Image

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको ३४ औं वार्षिक साधारणसभा शुक्रबारदेखि भक्तपुरमा सुरु भएको छ । साधारणसभाको उदघाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमवीच गरे । कार्यक्रममा संघद्धारा प्रकाशित स्मारिकाको पनि विमोचन गरियो ।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठले संघले ५५ वर्ष लामो गर्विलो इतिहास भएको बताए । संघको पहिलो अध्यक्षमा भक्तपुर कटुञ्जेका स्वर्गीय गणेशभक्त शाख रहेको जनाइएको छ ।
[[img2]]
कार्यक्रममा प्रमुख अतिथिलगायत अतिथिहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शिवप्रसाद बालाले धन्यवाद ज्ञापन गरे ।
संघको अधिवेशनले नयाँं नेतृत्व पनि चयन गर्नेछ । संघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । यस अनुसार अवको संघको नेतृत्व वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले गर्ने छन् अर्थात् मानन्धर स्वत अध्यक्ष हुनेछन् । बाँंकी पदाधिकारीहरुका लागि भने दुई वटा पदबाहेकमा सर्वसम्मत रुपमा सहमति भइसकेको जनाइएको छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष साधारणका लागि भोलि शनिबार संघको कार्यालय व्यासीमै निर्वाचन हुने जनाइएको छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *