ख्वप साकोसमा दुइदिने बेमौसमी कृषि खेती तालिम सुरु
भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. कृषि उप–समितिको आयोजनामा दुई दिने बेमौसमी कृषि खेती (गोलभेडा र कुरिलो खेती तालिम ) तथा विभिन्न बालीमा लाग्ने रोग र त्यसको रोकथाम बारे तलिम संस्थाको कार्यालयमा शुरु भयो । कार्यक्रमको उदघाटन गर्दै ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले संस्थाले शेयर सदस्यहरुको व्यवसाय प्रवद्धर्न गर्ने उद्देश्यले तलिम आयोजना गर्नुको साथै नेपाल कृषि प्रधान देश भएकोले कृषि उत्पादनलाई टेवा दिन यस तालिम सफल होस भनि शुभेच्छा प्रकट गर्नुभयो ।
उहाले संस्थाले नियमित रुपमा अनुदानको रासायनिक मल वितरण गरिरहेको जानकारी दिदैं यस बर्ष कार्तिक मसान्तसम्म १५ प्रतिशतको दरले शेयर लाभांस वितरण पनि गरिरहेको बताउनु भयो ।
ख्वप बचत तथा ऋण सहकारी लि.का सचिव तथा कृषि उपसमितिका संयोजक लक्ष्मीनारायण सुवालले दई दिने बेमौसमी कृषि खेती तालिम लिएका प्रशिक्षार्थीहरुलाई एक दिने कृषि बालि सम्वन्धी अध्ययन भ्रमण पनि गराउने बताउनु भयो ।
तालिमका प्रशिक्षक शिव यन्द्योले विशेष गरी तालिममा बेमौसमी खेती गोलभेडा र कुरिलो खेतीबारे प्रशिक्षण दिने बताउनु भयो । कार्यक्रममा २५ जना प्रशिक्षार्थी किसान दाजुभाई दिदी बहिनीहरुको सहभागित रहेको छ ।