चलचित्र : थम्हं थमासिता म्हासिकी’ हेरिसकेपछि......
कार्तिक २५, २०७८, बिहीबार | विहान ०८:०० बजे | 35
बुद्धिकुमार घो
नेपाल भाषामा तयार गरिएको छोटो चलचित्र ’थःम्ह थमसिता म्हासिकी’ अर्थात् ’आफूले आफैलाई चिन’ नमस्ते ख्वप टेलिभिजनको पर्दा मार्फत हिजो मिति २०७८ कार्तिक २३ गते साँझ हर्ने मौका मिल्यो । चलचित्र हेरिसकेपछि मनमा उब्जेका केही कुराहरू नलेखी बस्न सकिन । त्यसैले यति लेख्ने जमर्काे गर्दैछु ।
सबल पक्षहरू
१. विषयवस्तु यथार्थपरक लाग्यो ।
२. मध्यपानले स्वास्थ्य र घरवार बिग्रिने सन्देश दिन
खाजेको पाइयो ।
३. परिवारमा छोरीको महत्वलाई स्थान दिइएको दखियो ।
४. छोरीहरूलाई पनि शिक्षा दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न
खोजेको सकारात्मक रह्ये ।
५. विद्यालय पठाउन सामूदायिक विद्यालय नै रोज्नु राम्रो पक्ष
रह्यो ।
६. असल र मेहनतीलाई ऋणीले पनि विश्वास गर्ने सन्देश राम्रो
रह्यो ।
७. विषयवस्तु अनुसार आ–आफ्नो अभिनयमा कलाकारले
न्याय गरेको पाइयो ।
८. मूलतः कथाका लेखक तथा निर्देशक रहेका पात्र किस्लाल
अर्थात् संजीप जोशी भाईको अभिनय अब्बल रह्यो ।
९. विषयवस्तु अनुसार छायाँकन उचित नै रह्यो ।
१०. ध्वनि सामान्य रह्यो । पार्श्व संगीतमा स्थानीय बाजाको
धुनलाई स्थान दिइनु उचित नै रह्यो ।
११. सम्वादलाई नेपाली भाषामा क्याप्सन दिइनु उचित नै
लाग्यो । यसबाट अन्य भाषा बोल्ने दर्शकले पनि बुझ्ने
देखियो ।
१२. विषयवस्तु अनुरूप कलाकारहरूको भषभूषा उचित नै
रह्यो ।
१३. अन्तिमको मौखिक सन्देश(ख्यष्अभ ःबककबनभ)
सान्दर्भिक लाग्यो ।
खट्किएका केही पक्षहरू
१. किस्लाल किन र के कारणले मध्यपानको दलदलमा फस्न
पुगेको भन्ने कुराको अन्तिम सम्म पनि पुष्टि भएन ।
२. किस्लाल विरामीभई एम्बुलेन्समार्फत अस्पताल पठाउँदा
निजकी पत्नी र छोरीसंगै नपठाउँदा अन्योल झल्कियो ।
३.किस्लाल विरामी हुँदा आर्थिक सहयोग गर्नेको परिचय खुलेन
साथै निजले किन र कुन उद्देश्यले अस्पतालमा किस्लालको
उपचार खर्च रकम तिरिदिएर सहयोग गरेको भन्ने रहस्य
खुलेन ।
४. विद्यालय जाने विद्यार्थीहरूले लगाएको पोशाक रोजाइमा
परेको स्थानीयस्तरमा चर्चित विद्यालयकै विद्यार्थीको
पोशकसंग मेलखाने लगाइदिएको भए सुनमा सुगन्ध हुने
थियो ।
५. कोभिड– १९ संक्रमणले विद्यालयको पठनपाठन बन्द रहको
समयमा छायाँकन गरेको झलक देखिने गरी कक्षा कोठाको
छायाँकनमा कमि रहेको पाइयो । निर्माण पक्षले विद्यालयसंग
सामान्य समन्वय गरेको भए यो समस्या सहजै समाधान हुने
थियो ।
समग्रमा,
चलचित्र राम्रो बनेको छ । यस थिमि क्षेत्रमा नवोदित कलाकारहरू जन्मिरहेको छनक दिएको छ । यसलाई निरन्तरता दिनुपर्ने देखिन्छ भने सबैतिरबाट प्रोत्साहनको जरूरी रहेको छ ।
अन्तमा ,
चलचित्र आफैले बोकेको सन्देश ः
“थम्हं थःत हिइकादिसं, समाज अथेहें हिलाःवानी“
अर्थात्
“आफूले आफैलाई बदल्नुस् , समाज त्यसै बद्लिंदैजान्छ“
मनन योग्य छ ।
(लेखक आदर्श मावि लायकू थिमि भक्तपुरका प्रधानाध्यापक हुनुहुन्छ ।)