गोल्मढीमा कार्तिक २७ गते संगीत अर्पण कार्यक्रम हुने
2021-11-09 04:17:58
भक्तपुर । भक्तपुरको गोल्मढीमा कार्तिक २७ गते संगीत अर्पण कार्यक्रम हुने भएको छ । पूर्वीय शास्त्रीय संगीतको बिकास, सो सम्बधी अन्वेषण, शास्त्रीय संगीत सिक्ने संस्कारको बिकास हेतु स्थापित भक्तपुरका संस्था “आराधना”को आयोजनामा शास्त्रीय संगीतसहितको एक सांगीतिक कार्यक्रम संगीत अर्पण शनिबार भक्तपुरमा आयोजना हुने भएको हो।
संस्थाको उद्देश्य अनुरुप शास्त्रीय संगीत र साथमा नेपालकै मौलिक र परम्परागत बाजाहरु बादनका साथ साथमा भजन, आधुनिक गीत तथा नेपालि माटोको सुवास बोकेको लोकगीत समेतको प्रस्तुती राख्दै दुई बर्ष अघि शुरु गरिएको अभियान बिचमा कोरोनाका कारण रोकिएको तर नयाँ जोसका साथ यसपालि फेरि शुरु गरिएको संस्थाका एक सदस्य बिजेन्द्र चवालले बताउनुभएको छ।
संस्थाले आफ्नो प्रथम कार्यक्रम प्रसिद्द शास्त्रीय तबला बादक तबला मायेष्ट्रो रबिन श्रेष्ठको सम्झनामा आयोजना गरेको थियो भने त्यसपछी ूसंगीत प्रबीणू नरराज ढकालको सम्झनामा दोस्रो र ूनेपालकै प्रथम महिला धिमे बादक” मानिने इन्दिरा लाछिमस्युको परम्परागत बाजाहरुको प्रस्तुति सहितको तेस्रो कार्यक्रम ूम्युजिक फर पिसू नामाकरण गरि तीन सांगीतिक शृङ्खला गरिसकेको जानकारी आराधना समूहका अर्का सदस्य अनिस शाक्यले बताउनु भयो। जस्मा संगीत ग्राम गुरुकुल नेपालका प्रमुख गायन प्रशिक्षक मिष्टर लोहलाको शास्त्रीय गायन सहित लक्ष्मण पलिखेल, प्रबिन शाही सहित अन्य गायक गायिकाहरुको प्रस्तुत रहेको थियो।
यसपालीको चौथो संस्करण भक्तपुर नगरपालिका गोल्मढीस्थित झौरबही बहाल भित्र हुने र जसमा बिगतमा झै नयाँ पुराना कलाकारहरुको समिश्रण रहने आराधना समूहका अर्का सदस्य महेन्द्र सिंख्वालले बताउनुभयो।
कोभिडका जोखिम अझै रहेको कारण भिड्भाड नहुने गरि सामाजिक दूरी कायम गरि उपस्थित भैइ संगीत श्रवण गर्न र शास्त्रीय संगीत बिकासको आराधना समूहको प्रयासलाई टेवा दिन संस्थाका अर्का सदस्य शम्भोचरण राजभण्डारीले अनुरोध गर्नु भएको भयो।
प्रतिक्रिया