भक्तपुर वचत २५ औ वर्षमा, केके कार्यक्रम हुँंदैछन् हेर्नुहोस्


2021-11-07 13:32:17

News Image

भक्तपुर । भक्तपुर बचत तथा श्रृण सहकारी संस्था लिमिटेड च्याम्हासिंह भक्तपुर स्थापनाको २४ वर्ष पूरा भई २५ औ वर्षमा प्रवेश गरेको छ । रजत जयन्तीको अवसरमा संस्थाले विभिन्न कार्यक्रमहरु गर्न सुरु गरेको छ । पहिलो पटक संस्थाले कार्तिक १९ गते न्हँुं द ¥यालीमा सहभागी भएको संस्थाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो । संस्थाका अध्यक्ष बलराम प्रजापतिले अन्तिम तथा मुख्य कार्यक्रम कार्तिक २७ गते रजत महोत्सव कार्यक्रम हुने जनाए । कार्यक्रमको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे हुने उनले बताए ।
रजत महोत्सब अन्तर्गतका बाँंकी कार्यक्रमहरु
कार्तिक २२ गते संस्थामा ७० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई पौष्टिक आहार वितरण गर्ने ।
कार्तिक २२ गते संस्थाका महिलाहरुको भेला ।
कार्तिक २३ गते कसिमला पाय प्रतियोगिता ।
कार्तिक २४ गते रक्तदान ।
कार्तिक २५ गते नगर सरसफाई ।
कार्तिक २६ गते सुकन्डा ¥याली ।
कार्तिक २७ गते रजत महोत्सव कार्यक्रम ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *