गन्तब्य मध्यपुर थिमि तस्बीर पुस्तक सार्वजनिक
कार्तिक १९, २०७८, शुक्रबार | विहान ०६:३३ बजे | 15
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाको दुईपोखरीमा एक कार्यक्रमकाबीच गन्तब्य मध्यपुर थिमि तस्बीर पुस्तक सार्वजनिक गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा ऐमालेका अध्यक्ष केपीशर्मा ओलीले पुस्तका सार्वजनीक गरेका हुन् । भरतबन्धु थापाको लेखन तथा खिचिएका मध्यपुर थिमि नगरपालिकाभित्रका संस्कृतिक, धार्मिक एवम जीवन शैलीसंग तस्विहरुको संग्रहीत पुस्तक अध्यक्ष ओलीले सार्वजनीक गर्नुभएको हो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले मध्यपुर कला र सस्कृतीको हिसावले धनी रहेको बताउनुभयो । नगरपालिका क्षेत्रभित्रका प्राचीन साँस्कृतिक विरासतयुक्त सम्पदा, ऐतिहासिक स्थलहरु, कला र परम्परा झल्काउने तस्बिहरु समावेश रहेको यस संग्रहले मध्यपुर थिमिको पर्यटन, प्रवद्र्धन र विकासमा सहयोग पुराउन मद्दत गर्ने छ भन्ने विश्वास लिएको बताउनुभयो । उहाँले हाम्रो ऐतिहासिकता, हाम्रा साँस्कृतिक विविधता, हाम्रो सवल सभ्यता, हाम्रो सिर्जनात्मक प्राचीनकलाका विविध आयामहरुलाई यसले जीवन्तरुपमा प्रस्तुत गर्ने छ । मौलिक र गौरवपूर्ण परम्पराको रक्षा गरी नगरलाई आधुनिक, सम्पन्न र विकसित बनाउने र नगरवासीको जीवनमा खुसी हासिल गर्ने उदेश्यमा यस प्रकाशनले सहयोग पु¥र्याउने छ बताउनुभयो ।
मध्यपुर थिमिको धार्मिक, साँस्कृतिक, प्राकृतिकएवं ऐतिहासिक सम्पदाहरुलाई उजागर गरी देश विदेशमाजानकारी दिन सकेमाआन्तरिक र बाह्य पर्यटन विकासकामाध्यमद्वारा हाम्रा सम्पदाको संरक्षण सम्बद्र्धन एवं प्रवद्धन गर्दै बहुआयामिक रोजागारी सिर्जनाबाट समृद्ध नगर निर्माण गर्ने उद्देश्य रहेको मध्यपुर थिमिनगरपालीका मेयर मदनसुन्दर श्रेष्ठले बताए । उनले भने अहिले ४५ वर्षपछि परम्परागतलायकू भैलः २३ वर्षपछि महाकालीनाच, १७वर्षपछि सलाचाप्याखँ, १३ वर्षपछि म्हे्खःप्याखँनाच, भैतिमैलीप्याखँ (राजकुमार नाच) लगायतले निरन्तरतापाएका छन् । परम्परागतबाजागाजा, भजन, नित्यभजनहरुलाई यथेष्ट सहयोग गरी अमूर्त कलाहरुको संरक्षण गरिएको छ ।
मूर्तिकलाहरुको संरक्षण क्रममा २३ वटा मन्दिरहरु, ३७ वटा फल्चाहरु, २५ वटा ढुंगेधाराहरु, २० वटा ईनारहरु, १५ वटा पोखरीहरु, ५ वटा विहारहरु, ३ वटा लायकू दरबारहरुपुनर्निर्माण गरिएको बताए । जुनअधिकांशलोप हुनलागेका, जीर्ण रहेका र भुकम्पले क्षतिपुगेका सम्पदाहरु रहेकाउनले बताए ।
सभाषद एव पुर्वमन्त्री महेश बस्नेतले भने आउने चुनावमा एमालेलाई बहुमतका साथ विजयी गराउने बताए । उनले भने देशको विकास गर्न तथा सुखी नेपाल समृद्ध नेपाल बनाउन केपी ओलीकै नेतृत्वमा मात्र संभव भएको बताए ।
कार्यक्रममा लेखक भरतबन्धु थापाले पुस्तक तयार गर्न दशमहिनालागेको बताए । उनले भने विगतदुईदशकभन्दापनी बढी समय देखि उपत्यकातथाभक्तपुर क्षेत्रमापत्रकारीतामाक्रियाशील रहदामध्यपुर क्षेत्रमापनीयती धरै कला र सस्कृती धरोहर रहेको रहेछ । जसरी बत्तिमुनीको अध्यारो भनीन्छ त्यस्तै अनुभुतीभएको बताए । उनले भने अब चाढै नै सातैवटा प्रदेशका परिचय सहितप्रदेशकाप्रमुखपर्यटीक धार्मीक, ऐतिहासीका, सास्कृतीतथाप्राकृतीक सुन्दरतालाई समावेश गरेर ३२४ पृष्ठको तस्विरमा नेपालका पुस्तकबजारमाआउनलागेको बताए ।
कार्यक्रममा बिशिष्ट अतिथि राधिका शाक्य, अतिथिहरूमा पूर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठ, युवा नेता महेष बस्नेत, सस्वती बाटी, बाग्मती प्रदेश सभा सदस्य शसिजंग थापा, जिल्ला समन्वय समितिका नवराज गेलाल, सुर्यबिनायक नगरपालिकाका नगर प्रमुख बासुदेब थापा, उपप्रमुख जुना बस्नेत, राजेन्द्र राजथला, नेकपा ऐमाले भक्तपुर जिल्ला अध्यक्ष बच्चन देउजालगाएत मध्यपुर थिमिका संस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिको पनि उपस्थिति थियो ।
सोही क्रममा पत्रकार भरतबन्धु थापालाई सम्मान पनि गरीएको थियो । थापाले यस अघी वाईल्ड वेष्ट नेपाल, गन्तव्य कर्णाली, एक्सपोलर फारवेष्ट र कर्णालीचार वटा पुस्तक सार्वजनीकभईसकेको छ ।