८१ बर्पीया बृद्ध आमा देउसी भैलोमा रमाउँंदै
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिका वडा नम्बर ७ पाङ्ग्रेटार परम्परा रितिरिवाज धर्म सस्कृतिको जगेर्ना गर्दै तिहार्मा देउसी भैलो खेलेको छ । धर्म र सस्कृति परम्परालाई यथावत राख्न बच्चादेखि ८१ बर्षको बद्धबृद्धासम्मले यो चाडलाई एतिहासिक चाडको रुपमा लिने गरेको पाइन्छ । १९सौ शताब्दीतिरसम्म यो देउसी भैलो गाउँ घरहरुमा बाजागाजासहित खैजेडी झ्यली , मादल, बासुरी बजाएर खेल्ने चलन थियो । तर अहिले यो प्रथाको लोभ हुँदै गइरहेको देखिन्छ ।
यो २१ सौ शताब्दीमा आइपुग्दा यो रितिरिवाजलाई अहिले को योङ जेनेरेसनहरुले सस्कृतिको जगेर्ना र निरन्तरता दिन सुरु गरेको पाइन्छ । त्यस्तै सुनकोसी गाउँपालिका वार्ड नम्बर ७ पाङ्रेटारमा एक समूहले यो रितिरिवाज धर्म सस्कृतिलाई देउसी भैले खेल्ने कार्यलाई थोरै समूह भएनी यथाबत राख्दै यो सस्कृतिलाइ लोभ हुन नदिन निरन्तरता दिएको पाइन्छ ।
सो समूह जानुका दङाल श्रेष्ठको नेतृत्वमा सम्झना श्रेष्ठ, मिना श्रेष्ठ, सुजन श्रेष्ठ समरागी श्रेष्ठ, अस्कर श्रेष्ठ बलराम श्रेष्ठ ८१ बर्पीया बृद्ध आमा बालकुमारी चालिसेलगायतले देउसी भैलो गाउदै नाच्दै देउसी भैलोलाई निरन्तरता दिनु भएको छ । आगामी बर्षमा अझै व्यबस्थित गर्दै यो रितिरिवाजलाई निरन्तरता दिने कुरा सोही टिमको सम्झना श्रेष्ठले बताउनु भएको छ ।