आदित्य लामाको अफिसियल म्युजिक भिडियो बजारमा
कार्तिक १७, २०७८, बुधबार | दिउँसो ०३:३७ बजे | 0
भक्तपुर । बहुचर्चित रियालिटी शो नेपाल आइडलबाट सबैको मनमा बस्न सफल गायक आदित्य लामाले आफ्नो अफिसियल म्युजिक भिडियो 'ल्हास्सो नमस्कार' बजारमा ल्याएको छ
आफ्नो समर्थनलाई सम्मान गर्दै गीत बजारमा ल्याएको हो, पछिल्लो समय टिकटक र युट्युबमा भाइरल लामाको यो पहिलो अफिसियल गीत दर्शकमाज प्रस्तुत गरिएको हो ।
जस्तो मन पर्छ त्यस्तै प्रतिक्रियाको अपेक्षा गर्दै ह्याङ्ला टिभी मार्फत गीत लाई सार्बजनिक गरिएको छ ।
कबिन योन्जनको निर्देशनमा तयार यश गीतलाई बिबेक लामाले क्यामेरा इडिट कलर गरिएको छ ।
आदित्य लामा शशिकला मोक्तनको स्वरमा सजिएको गीतमा आदित्य लामा मोनिका योन्जन सुनिता दोङ कोपिला दोङ सुमि दोङ सुस्मा दोङ,लगायत कलाकार हरुको अभिनय देख्न सक्नु हुने छ । उर्गेन दोङको एरेन्ज दिपेश प्रधानले मिक्सिङ रहेको छ ।