तिहार सेलिव्रेसन विट कुटुम्वको टिकट विक्रीवितरण सुरु


कार्तिक १३, २०७८, शनिबार | विहान ०९:१० बजे | 5


तिहार सेलिव्रेसन विट कुटुम्वको टिकट विक्रीवितरण सुरु

भक्तपुर । तिहारमा भक्तपुरको कमलविनायकमा हुने तिहार सेलिव्रेसन विट कुटुम्वको टिकट विक्रीवितरण सुरु भएको छ । तिहारको उपलक्ष्यमा कार्तिक १७ गते बुधबार काग तथा कुकुर तिहारको दिन हुने कार्यक्रमको टिकट भक्तपुरका विभिन्न पाँंच वटा ठाउँहरुबाट विक्रीवितरण सुरु गरिएको हो ।
आयोजक विस्टो दि कासा रेष्टुरेन्ट कमलविनायकका साथै जगातीको लिक्रल्याण्ड, सल्लाघारीको राधे सर्भिस सेन्टर र आदर्शको आरएन मोवाइल सेन्टरबाट टिकट विक्रीवितरण सुरु गरिएको हो ।
भीआइपी टिकट एक सय वटा मात्रै टिकट वितरण गरिने जनाइएको छ । जसको मूल्य एक हजार रुपैयाँं तोकिएको छ । यसका साथै सिल्भर टिकटको मूल्य आठ सय रुपैयाँं तोकिएको छ । टिकट लिइसकेपछि आउने महानुभाबहरुको लागि एउटा फ्रि ड्रिग्सको व्यवस्था गरिएको जनाइएको छ ।
कार्यक्रमको मेन स्पोन्सर नेपाल आईस, साउण्ड पार्टनर युफोनिक साउण्ड एण्ड लाइट, मिडिया पार्टनर एवीसीडी खवर अनलाइन, एडभरटाइज्मेन्ट पार्टनर कन्याम चिया, प्रिन्टिग पार्टनर एसएन फोटोकपी, फुड पार्टनर ज्ञानी ग्रोसरी र फोटोग्राफी पार्टनर स्टुडियो आइडल रहेका छन् ।
कार्यक्रमको मुख्य आकर्षण नेपाली बाजा धुन रहने छ । युवादेखि बृद्धबृद्धासम्मका लागि कार्यक्रम टार्गेट गरिएको छ । कार्यक्रमका लागि साँंझ चार बजेदेखि प्रवेश गराउन सुरु गरिने जनाइएको छ ।
कार्यक्रम कोभिडको मापदण्ड अपनाइ गरिने जनाइएको छ । त्यसका लागि मास्क तथा भ्याक्सिन लगाई आएका व्यक्तिहरुलाई मात्रै प्रवेश गराइने छ ।
कार्यक्रम कमलविनायकस्थ्ति विस्टो दि कासा रेष्टुरेन्ट कमलविनायकमै हुनेछ । तिहारको रमाइलोको लागि कार्यक्रम गर्न लागिएको जनाइएको छ । साथै नेपाली बाजालाई प्रोत्साहन गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको बताइएको छ । त्यही कारण कुटुम्व व्याण्ड चुनिएको जनाइएको छ । कुटुम्व व्याण्डले नेपाली बाजा मात्रै बजाउने गर्दै आएको छ ।
तिहारलाई अझ रमझममय बनाउन कार्यक्रम गर्न लागिएको इभेन्ट म्यानेजर अनिल किसीले बताए । भक्तपुरले विभिन्न समयमा यस्ताखाले विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।
विस्टो दि कासा रेष्टुरेन्ट कमलविनायक भक्तपुर र डिएस ग्लोबल प्राइभेट लिमिटेड काठमाडौंको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रमबारे थप जानकारीका लागि ०१६६१२७९३ वा ९८१८१९५४०३ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।  





Comments