भाटभेटनीमा हस्तकला कोसेली मेला
काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा सोमबारदेखि हस्तकला कोसेली मेला सुरु भएको छ । मेलाको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ्गकी धर्मपत्नी सावित्री गुरुङ्गले सयुक्तरुपमा गर्नुभयो ।
महासंघले हस्तकलाको आन्तरिक बजार प्रवद्र्धन गर्न हस्तकला कोशेली मेला आयोजना गरेको हो । हस्तकला बर्षको कार्यक्रम र उद्योग परिषदअन्तर्गतको हस्तकला कोसेली मेला समितिले नक्साल भाटभटेनीपछि नयाँ ठिमी र कृष्णगल्ली भाटभटेनी सुपर मार्केट परिसरमा मेला आयोजना गर्ने मेला संयोजक संयोजक बिक्रम सिंह महर्जनले जानकारी दिनुभयो । संयोजक महर्जनका अनुसार मेला नक्सालमा १० गतेसम्म संचालन हुनेछ भने ठिमीमा ११ देखि १३ गतेसम्म र कृष्ण गल्लीमा १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।