कला संस्कृतिको विकासको लागि समर्पित व्यक्तिको सम्मान


2021-10-18 15:11:37

News Image

सम्मानित व्यक्ति
डा. इन्दुल केसी
नेपालको विभिन्न सम्पदाहरुमध्ये कला, संस्कृति र भजनको विशिष्ट स्थान रहिआएको छ । विश्वका पर्यटकहरु नेपालमा आगमनको एउटा प्रमुख कारण यिनै कला, संस्कृतिको अवलोकन, अध्ययन पनि हो । हाम्रा पुर्खाले यस क्षेत्रमा अत्यन्त महत्वपूर्ण कार्य गर्नुभएको प्रमाण यहाँं रहेका मठमन्दिर, नाचगान, भजन इत्यादि हुन् । अपसोच, वर्तमान समयमा हाम्रा कतिपय कला संस्कृतिहरु लोप हुँंदै गइरहेका छन् । हुन त यसको संरक्षण सम्वद्र्धनको लागि नेपाल सरकारले संस्कृति मन्त्रालय नै खडा गरिएको पाइन्छ । स्थानीय सरकारहरुबाट यस विषयमा केही न केही सकारात्मक कार्य भइरहेको पनि पाइन्छ ।
काठमाडौं उपत्यकाका तीन वटै सहरहरु काठमाडौं, ललितपुर र भक्तपुरमा हजारौंको संख्यामा कला, संस्कृति, भजन, गुठीहरु निर्माण गरी हाम्रा पुर्खाहरुले अत्यन्त महत्वपूर्ण कार्यहरु गर्नु भएको कुरा इतिहासविद्, कला संस्कृतिका मर्मज्ञ एवं आम जनमानसले पनि यी कुराहरुको संरक्षण सम्वद्र्धन हुनुपर्छ भन्ने भावनाहरु व्यक्त भइरहेको पाइन्छ । यति हुँंदाहुँंदै पनि आधुनिक विदेशी संस्कृतिको प्रभावले यहाँंको जनजीवनका विभिन्न पक्षहरु लवाईखवाई, चाँंडपर्व आदिमा पश्चिमीकरण हुँंदै गइरहेका छन् । यस्तो कुरोलाई संरक्षण सम्र्वद्धन गर्ने कुरोमा केही व्यक्तिहरुले आआफनो बलबुताले भ्याएसम्म कला, संस्कृति भजनलाई सरक्षण सम्वद्र्धन गर्ने कार्य पनि भइआएको छ । यसरी कला संस्कृतिको कार्यमा लागेका व्यक्तिहरुलाई विभिन्न संघसंस्थाबाट सम्मान, पुरस्कारद्वारा कदर गरिने कार्य पनि भइरहेको पाइन्छ ।
यसै सन्दर्भमा केसु भजन ज्ञान गुठीकोतर्फबाट यस संस्थाका अध्यक्ष श्री केशवराज राजभण्डारीज्यूले आयोजना गरेको एक भव्य समारोहमा भक्तपुरका डा इन्दुल केसीज्यूलाई वरिष्ठ संस्कृतिविद् शताव्दी पुरुष डा. श्री सत्यमोहन जोशीज्यूबाट हालै सम्मानपत्र प्रदान गर्नुभएको छ । उक्त सम्मान पत्रमा उल्लेख भएका केही कुरालाई अझ व्यापक रुपमा सम्बन्धित कला संस्कृति भजनप्रेमीहरुको जानकारीको लागि यो संक्षिप्त लेख प्रस्तुत गर्दैछु ।   
‘कला संस्कृति भजन महागुठी, भक्तपुरका संस्थापक अध्यक्ष हुनुको साथै विभिन्न धार्मिक संस्थाहरुमा जिम्मेवारीपूर्वक संलग्न रही सतल, श्री श्यामसुन्दर भजन घर, नासमना टोल भक्तपुरलगायत विभिन्न सांस्कृतिक धरोहरको जीर्णाेद्धार कार्य सञ्चालन गर्नुका साथै भजन मण्डलहरुमा रास भजन, ढल्चा भजन, दाफा भजनका गुठीयारहरुलाई एकसुत्रमा आवद्ध गर्ने र यस विधालाई प्रोत्साहित गरी उर्जा प्रदान गर्ने जस्ता उत्कृष्ट कार्यमा योगदान पु¥याउँदै आउनुभएको अध्यात्मिक कार्यको कदरका साथ यहाँंलाई केसु सम्मानद्वारा विभुषित गर्न पाउँंदा यस केशव सुषमा भजन ज्ञान गुठी गौरवान्बित भएको सादर अभिव्यक्त गर्दै अक्षरुपी ११ हजार एक सय ११ साथ यो सम्मानपत्र समर्पण गर्दछौं ।’
रत्न महर्जन, ललितपुर । (यस लेखका लेखक)

सम्मानित व्यक्ति डा. इन्दुल केसीको परिचयको रुपमा संस्कृतिविद् डा. सत्यमोहन जोशीज्यूले रचना गर्नुभएको कवितात्मक परिचय निम्न अनुसार रहेको छ ।
मेरो नजरमा डा इन्दुल केसी
दुई थुंगा फुल
विभिध भाषाका ज्ञाता
मातृभाषाका पुजारी
विविध उपचारका ज्ञाता
विकल्पका प्रयोगवादी
सच्चा समाजसेवी
बहुमुखी प्रतिभाका धनी
डाक्टर इन्दुल केसी ।।१।।

भजन कीर्तनका गायक
कविता आदिका लेखक
कलाकृति र संस्कृतिका अनन्य भक्त साधक
सरल स्वभावका मृदुभाषी
क्रियाकर्ममा परोपकारी
व्यक्ति एक प्रतिभा अनेक
डाक्टर इन्दुल केसी ।।२।।


Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *