बालाखु गणेशको १४ औ साधारणसभा सम्पन्न


असोज २३, २०७८, शनिबार | दिउँसो ०१:२५ बजे | 55


बालाखु गणेशको १४ औ साधारणसभा सम्पन्न

बालाखु गणेश साकोसको १४ औ साधारण सभा जिल्ला सहकारी संघका अध्यक्ष केदार खडका को प्रमुख आतिथ्यमा होटेल स्वीट होम को सभा हलमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि केदार खडका ले सहकारी निम्न आय भएका को आर्थिक स्थिति उकास्न प्रयास गर्नुपर्ने बताउनुभयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का प्रतिनिधि राजकुमार लघु ले बालाखु गणेश साकोसको सकारात्मक पक्षबारे चर्चा गर्दै साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्नु भयो । उहाँले जिल्ला संघले अन्तर लगानी, तालिम र सहकारी ऐन नियम र नियमावली भयको अब्यबहारिक र संशोधन गराउन सम्बन्धित निकायमा ज्ञापन पत्र दिने घच्घच्याउने कार्य गर्दै आईरहेको जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार नयनसि धामि, बालमुकुन्द सुवाल, सचिव अनिल सुवाल  कानुनी सल्लाहकार अनिष सुवालले पनि साधारण सभा सफलताको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो । साधारण सभा संस्थाका अध्यक्ष सीताराम कोजुको सभापतित्वमा सम्पन्न भएको थियो ।दोश्रो चरणमा सचिव राजेन्द्र सुवालले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष अनिल सुवालले प्रस्तुत गरि सर्व समितिले पारित गरेका थिए ।

Comments