आधुनिक कृषि सहकारीको १२ औं साधारणसभा उद्घाटन


असोज २०, २०७८, बुधबार | दिउँसो ०३:३६ बजे | 25


आधुनिक कृषि सहकारीको १२ औं साधारणसभा उद्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ४ बाराहीस्थानमा अवस्थित आधुनिक कृषि सहकारी संस्था लि. को १२ औं साधारणसभाको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले कृषकलाई प्रोत्साहित गर्न उपलब्ध गराइँदै आएका अनुदान धनाढ्य र ठेकेदारहरुको हातमा परेको तथा व्यापक दुरुपयोग भइरहेको बताउनुहुँदै कृषि अनुदानका कार्यक्रमहरुमा पारदर्शिता र जवाफदेहिता हुुपर्ने बताउनुभयो ।
उहाँले कृषि क्षेत्रको विकासले देशको समृद्धिमा टेवा पु¥याउने बताउनुहुँदै भक्तपुर नगरपालिकाले किसानहरुको उत्पादन संरक्षण गर्न चिस्यान केन्द्र सञ्चालन गर्न आवश्यक तयारीमा जुटिरहेको बताउनुभयो ।
नेपालमा रसायनिक मल कारखाना स्थापना र सञ्चालन गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले किसानहरुले सिँचाइको उपलब्धता समेत प्राप्त गर्न नसक्दा ठूलो क्षति व्यहोरिरहेको बताउनुभयो ।
भक्तपुर नपाले कृषकहरुलाई कृषि चुन, उन्नत जातको बिऊ वितरणलाई अझ व्यवस्थित गर्दै किसानहरूलाई माटो  परीक्षण र कृषिसँग सम्बन्धित विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको उहाँले अवगत गराउनुभयो ।
कार्यक्रमका सभापति एवम् संघका अध्यक्ष दयाराम मचामसीले नेपालमा कृषि उपजको आयातको परिणाम डरलाग्दो स्थितिमा रहेको बताउनुहुँदै आधुनिक कृषि सहकारी संघले कृषकहरुलाई चाहिने मल, बीऊ विजन तथा तालिम दिँदै किसानहरुको उत्पादनहरुलाई बजारीकरणमा जोड दिँदै आएको बताउनुभयो ।
जिल्ला कृषि सहकारी संघका कुलबहादुर न्हेम्हाफुकी भक्तपुरमा कृषि म्युजियमको खाँचो रहेको बताउनुहुँदै तरकारी बजार स्थापनाले किसानहरुको उत्पादन संरक्षण हुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक सूर्यविनायकका शाखा प्रमुख दिनेश गेलाल, संघका सञ्चालक हरिराम त्वानाबासु र उपाध्यक्ष सनिस लागेजुले पनि शुभकामना मन्तव्यका साथै कृषि क्षेत्रको विकास र प्रवद्र्धनमा गर्नुपर्ने कार्यहरुबारे आआफ्नो धारणा राख्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले संघमा उत्कृष्ट र पाँच वर्ष कार्यरत कर्मचारीहरुलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रमपश्चात नगर प्रमुख प्रजापतिले आधुनिक कृषि सहकारीले सञ्चालन गरेको कृषिउपज तरकारी बजारको अवलोकन गर्नुभएको थियो ।

Comments