दशैंमा तलेजुभित्र सामान्य पूजा मात्र गर्ने


असोज १९, २०७८, मङ्गलबार | विहान ११:५५ बजे | 35


दशैंमा तलेजुभित्र सामान्य पूजा मात्र गर्ने

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, भक्तपुरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजका पुजारीहरुको उपस्थितिमा नजिकिँदै गरेको विजय दशमी (दशैं) २०७८ को अवधिमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रासँग सम्बन्धित सरोकारवालाहरुको बैठक बस्यो ।
    
बैठकमा नगर प्रमुख प्रजापतिले कोभिडको संक्रमण घट्दै गए पनि जोखिममुक्त भइनसकेको अवस्थामा यस वर्षको दशैं सुरक्षित रुपमा मनाउनुपर्ने बताउनुभयो । दशैंमा शान्ति सुरक्षाको व्यवस्थापन चुनौतीपूर्ण हुने बताउनुहुँदै पूजाआजा नरोक्ने, भीडभाड हुन नदिने, सामाजिक दुरी कायम गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरी मनाउन जनतालाई आह्वान गर्ने बताउनुभयो ।
    
बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगको संक्रमण घट्दै गए तापनि त्यसको जोखिम भने अझै कायम रहेको वर्तमान जटिल अवस्थालाई मध्यनजर गर्दै सामान्य रुपमा मनाउने र भक्तपुर तलेजुभित्र हुने सबै पूजामा बली नदिई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई पुजारीहरुबाट नित्य पूजा मात्र गर्ने व्यवस्था मिलाई भीडभाड नगरी सामाजिक दुरी कायम हुने गरी पूजाआजा गर्ने निर्णय ग¥यो ।
    
बैठकले घटस्थापनादेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्ति पीठहरुलगायत धार्मिक स्थलहरुमा हुने मेला, पूजा र नवरातहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भीडभाड नगर्न र सामाजिक दुरी कायम गरी कोभिड १९ रोगको संक्रमणबाट बच्न र बचाउन सम्पूर्ण नगरबासीहरुलाई आह्वान गर्ने निर्णय ग¥यो ।
    
विजया दशमी २०७८ को घटस्थापनादेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्तिपीठहरुलगायत धार्मिक स्थलहरुमा हुने मेला, पूजा र नवरातहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भीडभाड नगर्न र सामाजिक दुरी कायम गरी कोभिड १९ रोगको संक्रमणबाट बच्न र बचाउन सम्पूर्ण नगरबासहिरुलाई आह्वान गर्ने निर्णय बैठकले ग¥यो । साथै उक्त बैठकले विजया दशमीको अवसरमा हुने सम्पूर्ण पूजाआजा, मेला, धार्मिक र सांस्कृतिक गतिविधि हुने सबै स्थानहरुमा शान्ति सुरक्षा र अन्य आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन, प्रहरी, वडा कार्यालय र स्थानीय टीम क्लबहरुसँग सहकार्य गर्ने निर्णय ग¥यो ।
    
बैठकमा भक्तपुरका प्रजिअ रुद्रादेवी शर्माले चाडपर्वमा कोभिड फैलने जोखिम बढी भएको बताउनुहुँदै स्थानीय तह, जिप्रका, प्रहरी प्रशासन र विभिन्न संघ संस्थाको संयुक्त प्रयासबाट दशंै शान्तिपूर्ण र सुरक्षित बनाउनुपर्ने बताउनुभयो ।
    
बैठकमा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, गुठी संस्थान कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्य, तलेजुका पुजारीहरु पद्मलोचन कर्माचार्य र सिद्धिविर कर्माचार्यलगायतले यस वर्षको दशैंलाई सामान्य रुपमा सीमित गरी कोभिड संक्रमणबाट बच्न र बचाउन  सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

Comments