काठमाडौँ । फिल्म छायांकनका लागि बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा र सारिका हसन नेपाल आएका छन् । सुरज बडजात्याको निर्देशनमा बन्न लागेको उचाई फिल्मका लागि उनीहरु नेपाल आइपुगेका हुन् ।

प्लेन चार्टर गरेर उहाँहरुको टोली आइतबार नेपाल आइपुगेको हो, उचाईुको नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्स कम्पनीका एक अधिकारीले बताए । केही समय अगाडि सुटिङस्थल हेर्नका लागि बडजात्या नेपाल आउँदा अमिताभ बच्चन र डेनी डेनजोङपोङ पनि नेपाल आउने कुरा थियो । तर उनीहरु नेपाल नआएको पनि उनले बताए । कान्तिपुर

अभिनेता अनुपम खेरले मंगलबार बिहान सामाजिक सञ्जालमा पशुपतिनाथ मन्दिरको दर्शन गरेको भिडियो समेत राखेका छन् । उनले विमानस्थलमा ओर्लनासाथ नेपालको तारिफ गर्दै लेखेका थिए– मन्दिर र स्तुपाहरुको सहरमा लामो समयको अन्तरालपछि फर्कनु खुसीको कुरा हो । सुरजसँगको यो मेरो चौथौं फिल्म हो ।

बलिउड कलाकारको यो टोलीले मनाङ, मुस्ताङ, लुक्ला, लाङटाङलगायतका ठाउँमा फिल्म छायांकन गर्ने बताइएको छ ।...

All Comments.......


Please Login/Register To Comments