भक्तपुर । भक्तपुरको जिल्लाको शुभकामना वचत तथा ऋण सहकारी संस्था लि.को २१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सो अवसरमा साकोसका अध्यक्ष्य राम प्रसाद कासुलाले साकोसलाई प्रविधियुक्त बनाउने संस्थाको लक्ष्य अनुरुप शुभकामना स्मार्ट बैंकिङ्ग सेवा मार्फत ई टेलर शुरु गरिएको बताउँनु भयो । उहाँले आगामी दिनमा क्यु आर कोड प्रविधिबाट रकमान्तरण गर्ने, सहकारीबाट सहकारी तथा बैंकमा रकमान्तरण सेवा सुविधालगायतका सेवा थप गर्दै जाने विश्वास दिलाउनुभयो ।
अध्यक्ष कासुलाले कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरी सदस्यहरुको घरदैलोमा पुगेर सेवा प्रवाह गरेको पनि जानकारी दिनुभयो ।
सभामा आर्थीक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष बलराम जु. श्रेष्ठले संस्थाले गत आर्थीक वर्ष २०७७÷०७८ मा २करोड ५०लाख ८९हजार ६३३रुपैंया खुद वचत गरेको जानकारी दिनुभयो । संस्थाले आ.व. २०७७÷०७८ मा विभिन्न शिर्षकमा १२करोड ११लाख ५०हजार २९२रुपैंया आम्दानी र ९करोड ४८लाख २९ हजार ४७५रुपैंया खर्च गरी २करोड ५०लाख ८९हजार ६३३रुपैंया खुद वचत गरेको हो ।
स्थापनाकालमा ७५ जना सदस्यहरुबाट ७लाख ५०हजार पुँजी संकलन गरी सञ्चालनमा आएको शुभकामना साकोसमा शनिवार सम्म जम्मा ८हजार ३०५ जना सदस्य भईसकेका संस्थाका सचिव पुष्पलाल तिमिलाले जानकारी दिनुभयो । जस्मा ४हजार ९महिला, ३हजार ६सय ३६पुरुष र ६५१बाल वचतकर्ता सदस्य रहेको सचिव तिमिलाले जानकारी दिनुभयो ।
[[img2]]
संस्थामा हाल ९ करोड ६५ लाख ७२ हजार ८ सय, जगेडा तथा अन्य कोषमा १३ करोड ५७ लाख ५२ हजार ८७७ रुपैंया सहित कुल सम्पत्ति १ अर्ब २५ करोड ९८ लाख ९१ हजार ४४५ रुपैंया पुगेको सचिव तिमिलाले बताउनुभयो ।
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार एवम् पुर्वअध्यक्ष बालमुकुन्द सुवालले एसियाली ऋण महासंघ (अक्कु)बाट एसियामै पहिलो पटक सन् २०१६ र १७ मा संस्थाले एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेको जानकारी दिँदैं संस्थाले प्राप्त गरेको ख्यातीलाई जोगाउन संस्थाका सबै तह र तप्कामा रहेको सबैको साथ सहयोग र हातेमालो आवश्यक भएको बताउनुभयो ।
सभामा संस्थाका निवर्तमान अध्यक्ष न्हुँछेरकुमार त्वायनालाई उहाँको कार्यकालमा संस्थाले अक्कुबाट एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएकोमा सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष निर्मला सुवाल, निवर्तमान अध्यक्ष त्वायनालगायतले सहकारी संस्थाका विविध पक्षमा चर्चा गर्दै सदस्यहरुले चनाखो भई संस्थाको गतिविधिमा निगरानी गरिरहनुपर्नेमा जोड दिएका थिए ।