भक्तपुरको प्रख्यात एकल रुख


असोज १६, २०७८, शनिबार | विहान ०५:१७ बजे | 20


भक्तपुरको प्रख्यात एकल रुख

राजेन्द्र तामाङ्ग
भक्तपुर सपाडोल मालिगाउँमा एक पुरानो रुख वर्तमान समयमा निकै नै भाइरल भएको छ। यस ठाउँमा जानका लागि जागाति बस स्पटबाट करिव ४ किलोमिटर हिडेर डोलेश्व्र मन्दिर पुग्छ। अहिले डोलेश्वरमन्दिरमा गाडीबाट पनि जान सकिन्छ। यस डोलेश्वर मन्दिरमा भएको बस पाकिङ्ग स्थलबाट बायाँ बाटो लागेर करिव २ किलोमिटर हिडेर यस भाइरल ठाउँमा पुग्न सकिन्छ।
विशेष गरी यो रुख त्यहाँका बुढापाकाका भनाई अनुसार पहिलेको पुर्खाहरुले रोपेर राखिएको भनिएका छन्। यो रुख रोपेको कम्तीमा ७० वर्ष भएको छ भने उहाँ स्थानीयबासी आइतमान तामाङ्गले बताएको छ। यस ठाउँमा मान्छेहरु दिनको एक सय भन्दा बढी आउने गर्दछ, उनले भने। विशेष गरी यस ठाउँमा शनिबारको फुर्सदको समयमा फोटो खिज्न तथा टिकटक र भिडियो बनाउन आउनेको भिड लाग्ने स्थानीय बताउँछन्। यहाँ बसोबास गर्ने स्थानीयहरुले यस ठाउँलाई धार्मिक स्थलको रुपमा मान्ने गर्छन्। यहाँ विशेष गरी चैत्र दशैं फुलपाटीको दिनमा पुजा गर्ने चलन छ, तामाङ्गले भने। यस ठाउँबाट रमनिय मन लोभ्याउने दृश्यहरु देखिन्छ।
जस्तै साँगा मन्दिर, काठमाडौं, ललितपुर, भक्तपुर र हिमश्रृखला र सुर्य उठाएको रमनिय दृश्य देख्न सक्छौं। यो ठाउँमा मनोरञ्जन गर्नका लागि किनै राम्रा चौतारा छन्। अहिले यो ठाउँलाई मर्मत गरिरहेका छन्। जुन नगरपालिकाको सहयोथ गरि यस ठाउँलाई पर्यटकीय स्थान र यहाँ घुम्न आउने स्थानीय र बाहिरी पर्यटकको आर्कषित बनाउने योजना रहेको छ।

Comments