बजार अनुगमन ः भक्तपुरको भाटभटेनीमाथि कारबाही गरिने


2021-09-30 14:41:59

News Image

भक्तपुर । चाडपर्व नजिकिएसंगै भक्तपुर जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई शुरु गरेको छ ।
दशैंपर्व नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुहरुमा मुल्य बृद्धि भएको उपभोक्ताहरुको गुनासो आएको भन्दै आजबाट बजार अनुगमन शुरु गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । सहायक जिल्ला प्रमुख अधिकारीको      (सहायक सीडीओ) नेतृत्वमा उपभोक्ता मञ्च, खाद्य तथा गुण नियन्त्रण विभाग र नगरपालिकाको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
आज भक्तपुरको राधेराधेमा संचालित भाटभेटेनीमा अनुगमणका क्रममा चिनी तथा खाने तेलमा २० प्रतिशत भन्दा बढि नाफा लिएको पाईएको अनुगमन टोलीले फेला पारेको छ । त्यस्तै मुल्यसूची नभएको, खरिद बिल देखाउन नसकेको हुनाले उपभोक्ता संरक्षण ऐन बमोजिम कार्वाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताउनुभयो ।
साथै आज बिहान गरेको अनुगमन टोलीले भाटभटेनीमा रहेको तरकारीको तौल नपुगेको तथा महँगोमा तरकारीहरु बेच्न राखेको भन्दै टोलीले सम्झाई बुझाई गरी फर्किएको छ । प्रत्येक बर्ष भक्तपुरमा चाडपर्व नजिकिन्दै गर्दा गरिने यस्तो अनुगमन भने प्रभावकारी हुन सकेको छैन । बजार अनुगमन देखावतीको लागि मात्रै भएको स्थानिय उपभोक्तहरुको आरोप छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *