परदेशको पीडा (आमा) को सुटिङ सम्पन्न
असोज १३, २०७८, बुधबार | विहान १०:०९ बजे | 10
गीतकार तथा संगीतकार मिना लामाको शब्द,संगीत र प्रस्तुति रहेको गीत परदेशको पीडा(आमा)को सुटिङ सम्पन्न भएको छ।गीतको सुटिङ फर्पिङ र चोभारका विभिन्न ठाउँहरुमा गरिएको हो।
गीतमा गौरी मल्ल र तामाङ चलचित्रका महानायक अमिर दोङ त्यसैगरी सुधिर श्रेष्ठ,रमेश लामा,लोकेन रुम्बा,बिष्णु माया लामा,नबिना ब्लोन लगायतका कलाकारहरुको अभिनय समेत हेर्न पाउँनेछन।
राजकुमार बनिँयाको स्वरमा सजिएको यस गीतमा परदेशिएका आम नेपालीहरुको पीडा,बेदनालाई समेटिएको छ।उक्त गीत यहीँ शुक्रबार मिना क्रियाशन युट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ।