आमिर खानको ‘लालसिंह चढ्ढा’ २०२२ को भ्यालेन्टाइनमा रिलिज हुने


असोज १३, २०७८, बुधबार | विहान ०२:४४ बजे | 40


आमिर खानको ‘लालसिंह चढ्ढा’ २०२२ को भ्यालेन्टाइनमा रिलिज हुने

आमिर खानको बहु प्रतीक्षित फिल्म ‘लालसिंह चढ्ढा’ अर्को साल मात्र प्रदर्शनमा आउने भएको छ । यसै वर्ष फिल्मलाई प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको थियो तर फिल्मको काम नसकिएको भन्दै निर्माण टिमले अर्को वर्षलाई रिलिज मिति तय गरेका हुन । फिल्म सन् २०२२ को भ्यालेन्टाइनमा आउने भएको छ ।

फिल्ममा आमिर खान र करिना कपुरको मुख्य भूमिका रहेको छ । साथै दक्षिण भारतीय अभिनेता नागा चैतन्यको पनि अभिनय रहेको छ । हलिउड हिट ‘फरेस्ट गम्प’को अफिसियल रिमेक रहेको यस फिल्मलाई अद्वेत चन्दनले निर्देशन गरेका हुन् ।

Comments