घट्यो सुनको मूल्य
असोज १२, २०७८, मङ्गलबार | विहान ०८:४२ बजे | 15
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३ सयले घटेको छ। छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ३०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार तोकिएको छ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ। तेजाबी सुन सोमबार प्रतितोला रु ८८ हजार ८५० मा कारोबार भएको थियो।
महासंघका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला रु पाँचले घटेको छ। सोमबार प्रतितोला रु १ हजार १६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु १ हजार १५५ तोकिएको ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।