भक्तपुर उद्योग वाणिज्य संघद्धारा नवनियुक्त सीडीओको स्वागत


2021-09-24 11:05:34

News Image

भत्तपुर । भक्तपुर उद्योग वाणिज्य संघले एक समारोह बीच भक्तपुर जिल्लामा हाल सालै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मालाई स्वागत गरेको छ ।
उक्त समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष श्री प्रदीप श्रेष्ठले जिल्लाको प्रमुख प्रशासकको रुपमा जिम्मेवारी लिएर आउनु भएका प्रजिअ श्री शर्मालाई भक्तपुरका सम्पूर्ण उद्यमी व्यवसायीहरुको तर्फबाट हार्दिक स्वागत गर्नु भयो र विगतमा जस्तै उद्योग वाणिज्य संघ र प्रशासनले आपसी समन्वय गरी उद्योगी व्यवसायीहरुको हितमा काम गर्ने विश्वास व्यक्त गर्नु भयो । सोही क्रममा उहाँले संघको इतिहास र वर्तमान अवस्थामा गर्दै आई रहेका विभिन्न कार्य माथि प्रकाश पार्नु भएको थियो । साथै आगामी दिनहरुमा पनि जिल्लाको प्रगति र उन्नतीका लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
आफ्नो मन्तव्य राख्ने क्रममा प्रजिअ श्री रुद्रादेवी शर्माले ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वले भरिपूर्ण जिल्लामा काम गर्ने अवसर प्राप्त भएकोले एकदम खुशी लागेको बताउनु भयो । भक्तपुर जिल्लाका उद्यमी व्यवसायीहरुले स्थानीय उपभोक्ताहरुको हितमा काम गर्नु पर्ने र कोभिडको महामारीको बेलामा व्यवसायीहरु पनि अग्र पंक्तिमा रही जनसेवामा लागेको कुरा स्मरण गर्नु भयो । महामारीको अवस्थामा लागू भएको निषेधाज्ञा हाल परिस्थिति केही सहज भएका कारण खुकुलो भए पनि स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गरी व्यवसाय गर्नु पर्नेमा जोड दिनु भयो ।
सोही अवसरमा आफ्नो विचार राख्दै संघका बरिष्ठ उपाध्यक्ष श्री शिव प्रसाद मानन्धरले पाँच दशक लामो इतिहास बोकेको संघले आफ्नो विगतका परम्परालाई कायम राख्दै जिल्ला प्रशासन कार्यालयसंग सहकार्य गर्दै अघि बढ्ने बिचार राख्नु भयो । त्यस्तै संघका महासचिव श्री रोशनी मैयाँ धौबञ्जाले कोभिडको महामारीको बेलामा उद्यमी व्यवसायीले जोखिम मोलेर भए पनि आपूर्ति व्यवस्थापनमा निरन्तर लागेको स्मरण गर्दै खोप नपाएका उद्यमी व्यवसायी र उहाँहरुका परिवारलाई खोपको व्यवस्था गरि दिन अनुरोध गर्नु भयो ।
उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्री मुकेश कुमार केशरी तथा संघका कार्य समिति सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।  

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *