वर्षा
असोज ७, २०७८, बिहीबार | विहान ०७:४४ बजे | 45
१) पानीको वर्षा
प्राकृतिक हो, या अप्राकृतिक के हो ?
मेघ गर्जिन्छ, कालो बादल मदारिन्छ
पानीको घनघोर वर्षा हुन्छ । १
चत्याङ चर्किन्छ, चम्किन्छ ।
पहिरो जान्छ, घरबार, गाउँ, पुल, मानिसै बग्छ ।
हेलिकप्टर उड्छ, आफ्ना कार्यकर्ता भेट्छ
राहतको वर्षामा पहुँचवालले नुहाउँछ । २
निसहाय, निमुखाले केबल फोस्रो आश्वासन पाउँछ
सरकारी ढुकुटी रिटिन्छ, नगदको खोला बग्छ । ३
८८८८
२) तक्माको वर्षा
पत्रपत्रिकामा समाचारको वर्षा हुन्छ
कार्यविधि र मापदण्डको पर्खाल भत्कन्छ ।
तक्मा र विभुषणको गरिमा धुलि सात हुन्छ । १
२० करोडको तक्मा ९३० जनालाई बाडिन्छ
सत्तासिन दलहरुको भागबन्डामा विभुषण बर्सन्छ ।
विभुषणनै लजाए भनि पूर्व प्रधानमन्त्रि बोल्छ
विभूणको गरिमा नै रहेन भनि पूर्व गृहसचिव बोल्छ ।
धेरै दबाब खेप्नु प¥यो भनी गृहको प्रवक्ता बोल्छ । २
केहि कलाकार, पत्रकार, खेलाडी, वकिलहरुले
आफूले पाउने भनेको विभुषणनै अस्वीकार गर्छन्
‘अबुई ! मेरो कसुर के हो ?’ भनी
कार्टुन चित्रमा पदक पाउने व्यक्ति नै भाग्छ । ३
८८८८
३) वर्षाको अन्तमा
ठूलो पानीको वर्षाले बगेको एउटा नदी
तक्माको वर्षाले बगेको समाचारको अर्को नदी
दुवै नदी एकैस्थानमा मिल्नै खोजेको दोभान नै
दोधारमा परी कता–कता बिलायो, हरायो । १
८८८८
२०७८÷६÷७ गते