इजरायल जाने कामदारका लागि परीक्षाका प्रश्नपत्र आउट , अव के हुन्छ ?


2021-09-15 11:25:57

News Image

वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि भदौ २८ गते परीक्षा लिएको छ । तर परिक्षा संचालन हुनभन्दा पहिल्यनै प्रश्नपत्र बाहिरिएको छ । प्राप्त इजरायली भाषा परिक्षाको प्रश्न पत्र अनुसार कुनै पनि मेनपावर कम्पनीले बदमासी गरेको हुनसक्ने आँकलन गरिएको छ । स्रोतका अनुसार परिक्षामा संलग्न पत्र परिक्षार्थीले परिक्षा केन्द्रमै बुझाउनुपर्ने हुन्छ तर यसरी प्रश्नपत्र बाहिर आउनु रहस्यमय देखिएको छ ।
८० पूर्णाङ्कको परीक्षामा अंग्रेजी भाषामा ग्रामर र स्वास्थ्यसम्बन्धी प्रश्न सोधिएको प्रश्न पत्र बाहिरीएको हो । ७ हजार ९ जना सहभागी रहेको भाषा परीक्षाबाट लिखित परीक्षामा १६ सय ८० जना उत्तीर्ण हुने भएपनि कुनै एजेन्टको मिलेमत्तोमा उक्त प्रश्नपत्र बाहिरिएको हुन सक्ने आँकलन गएिको हो । प्रश्नपत्र चेकजाँच कम्प्युटर सिस्टमबाट गरिने भएकाले दुई दिनभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिको भएपनि यसरी प्रश्नपत्रनै बाहिरनुले परिक्षा प्रणालीको विश्वसनियतामा गम्भिर आशंका गरिएको एक परिक्षार्थीले गुनासो गरे । नेपाल र इजरायल सरकार बिच भएको सहमतिमा सरकारी स्तरबाटै पहिलो पटक १ हजार भन्दा बढी कामदारलाइ केयर गिभर पदमा इजरायल पठाउन भएको सम्झौता अनुरुपको परीक्षामा लगिएको हो ।
कामदार छनौट गरि इजरायल पठाउन लागेको विभागले ईजरायल जान चाहने कामदारको लागि छिटोमा परीक्षाको नतिजा १० दिन भित्रै सार्वजनिक गरि कार्यविधिलाई आधार मानेर ईजरायलमा रोजगारीको लागि पठाउने बताएको छ । यता परिक्षालाइ ब्यवस्थित बनाउन चिकित्सा शिक्षा आयोगको समन्वयमा कसैले नक्कली परिक्षार्थी खडा गर्न नसक्ने गरि ब्यवस्था मिलाइएको विभागले जनाएको थियो । प्रवेश पत्रमा संगै पासवर्ड समेत र क्युआर कोडबाट सहि या गतल छुट्टयाउन मिल्ने गरी व्यवस्था मिलाईएको थियो । आवेदन दिएका ९ हजारमध्ये ७ हजार बराबर परिक्षामा सहभागी भएका छन् । त्यसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट हुनेछन ।परिक्षार्थीमध्ये १६ सय जनाको रोष्टर विभागले तय गर्ने र अन्तिम छनौट नेपालस्थित इजरायली दूतावासले गर्नेछ महामारीको जोखिमकै विच इजरायल सरकारकै पहलमा लामो समयदेखि रोकिएको कामदार पठाउने प्रक्रिया सुरु गर्न १ घण्टा भएको परिक्षा भएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *