चिनी अभाब हुन लागेको हो ?


भदौ २९, २०७८, मङ्गलबार | दिउँसो ०२:०५ बजे | 35


चिनी अभाब हुन लागेको हो ?

काठमाडौं । राष्टिय उपभोक्ता मन्चले दशैं तिहारको चाडबाडमा चिनीको आपूर्ति व्यवस्था सहज गराइ पाउन सरकारसमक्ष माग राखेको छ । मन्चका अध्यक्ष प्रेमलाल महर्जनले ं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापनपत्र बुझाई यस्तो माग गरेका हुन् ।
ज्ञापनपत्र
सम्माननीय प्रधानमन्त्रीज्यू,
    अत्यन्त बिशिष्ट परिस्थितिमा सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा निर्माण भएको वर्तमान गठबन्धन सरकार लाइ देश र समाजमा बिद्यमान बिगतका समस्याहरु समाधान गर्ने जटिल उतरदायित्व रहेको हामी सम्पूर्ण नेपाली नागरिकले बुझेकाछौं । यस कुरामा सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट बुध्दिमत्तापूर्वक समाधानका उपायहरु अवलम्बन गर्नु हुनेछ भन्ने आम नागरिकको अपेक्षा रहेकोछ । यसको साथै ५ दलीय गठबन्धनको नेतृत्वतहले सरकारमा जानु पूर्व जनतासामु कवूल गरेको बिषय मध्ये आम नागरिकको दैनिक जीवन सहज बनाउने, महंगी नियन्त्रण गर्ने तथा आपूर्ति व्यवस्था सहज गर्ने पनि रहेको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा स्मरण गराउन चाहन्छौं ।
    बिगत चारबर्ष देखि आपूर्ति व्यवस्थामा असहजता आई रहेको दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चिनीको आपूर्ति व्यवस्थापन अझै पनि समाधान हुन सकेकोछैन । समस्या झनै जटिल बन्दै गएकोछ । चाडबाडको क्रमसंगै नेपाली मात्रको महान चाड दशैं, तिहार तथा छठ लगायतका अन्य चाडबाडहरुले बजारलाइ पूर्णरुपमा छोपी सकेकोछ । तर बजारमा चिनीको अभावले अहिले चिनीको बजार मूल्य प्रति किलो १०० रुपैयां पुगी सकेकोछ भने हामीले संकलन गरेको सूचना अनुसार साल्ट ट््रेडिंग कर्पोरेशन लि. संग ३०० मेट््िरक टन र निजी क्षेत्रसंग ६५०० मेट््िरक टन चिनी मात्र मौज्दातमा रहेको बुझिएकोछ । चाडपर्वको बेलामा नेपालमा प्रति महिना ३० हजार मेट््िरक टन चिनी खपत हुने बाणिज्य बिभागको आंकलन रहेकोछ । यस्तो अवस्थामा बजारमा चिनीको ठूलो हाहाकार मच्चिने प्रवल सम्भावना रहंदा रहंदै अर्थमन्त्रालयका जिम्मेवार उच्चपदस्थ पदाधिकारीहरु बजारमा प्रति किलो ७२ रुपैयांमा चिनी उपलव्ध भई, निजी क्षेत्रबाट चिनीको पर्याप्त आयात भई रहेकोले चिनीको अभाव हुनु पर्ने कुनै कारण नभएको भन्ने भनाइ बाहिर आइरहेकोछ । हामीले संकलन गरेको सूचना अनुसार जेठ महिनाको अन्तसम्ममा निजी क्षेत्रसंग २१ हजार मेट््िरक चिनी स्टकमा रहेको र भन्सार बिभागको अहिलेको नयां तथ्यांक अनुसार १०,५०० मेट््िरक टन चिनी आयात भएको देखिएको तथ्यांकलाइ आधार मान्ने हो भने अर्थमन्त्रालयका पदाधिकारीहरुले सरकारलाई गुमराहमा पार्ने र आपूर्ति व्यवस्था असहज पार्ने नियत राखेको प्रष्ट देखिएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा निवेदन गर्न चाहन्छौं ।
    सरकारको नीति तथा सिध्दान्त र जनता समक्ष गरेको प्रतिबध्दतालाइ धज्जी उडाउदै जनतालाइ महंगो मूल्यमा चिनी खरिद गर्नु पर्ने बाध्यता सिर्जना गरी व्यवसायीहरुको दवावमा काम गर्ने अर्थ मन्त्रालयको जिम्मेवार पदाधिकारीहरु माथि आवश्यक छानविन गरी कारवाही गरी पाउनको साथै बजारमा चिनीको सहज आपूर्ति व्यवस्थापन गरी नेपाली मात्र महान पर्वहरु सहज रुपमा खुसीका साथ मनाउने अवसर दिलाइ पाउन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष मांग गर्दछौं ।

Comments

ताजा खबर