दलालहरू रे !
भदौ २९, २०७८, मङ्गलबार | विहान ०९:२४ बजे | 5
कुमार लघु
दलालहरूले भाऊ बढाएकै छ
जुन आफूले भनेकोमा पनि
लिन खोजेपछि भाइ
अर्काले लिने भै सक्यो
अब यति आए दिने
नत्र मिल्दैन् भाइभन्छ अरे
दुश्मनहरू नेपालको जग्गा दलाली झै
देशको विदेशी दलालहरूको
त्यस्तै मार्कमा
नेपाली दलालहरू फसेकाछन्
एमसिसीको नेपालमा
संसदले पासगर्न
चाँजोपाजो मिलाउन ,
नेपालीहरूलाई अङ्गभङ्ग फुट्ने गरि
लाठ्ठीले हानेर तहलाउन खोजेकाछन्
नेपाली युवाहरू एमसिसी फेलगर्न
सडकमा रगत वगाउन नि तयार !
अमेरिकी साम्राज्यवादले
ससाना देशहरू निल्नखोजेको
अफगानिस्तान निल्न
नसके पछाडि भागे
भियतनामवाट नि भागेर चित बुझाए
कयौ राष्ट्मा मुसामार्न
विरालोले झै उद्दत रहयो
सवै देखियो
नेपालमा अमेरिकी दूत आएर
नेताको घरघरमा भेटघाटगरियो
मूर्ख नेताहरू मागेर
देशविकास गर्न तयार
आमा वेच्न नि तयार
कमजोर मानसिकताका धडुहरू !
दलालहरू रे !
२०७८÷०५÷२८