प्रसन्नता


भदौ २८, २०७८, सोमबार | दिउँसो ०१:३२ बजे | 30


प्रसन्नता

रामकृष्ण प्रजापति
क्रान्तिको संसारमा
एउटा विद्रोह जस्तो लाग्यो
क्रान्तिकारी छु जनता छ देश छ
आशा छ प्रसन्नता छ ।

वयान गरुँ कसरी क्रान्तिको
आत्मालाई सुनाऔ कसरी क्रान्ति
तिमीलाई देखाऔ कसरी क्रान्ति
ढुकढुकी होकी चाल हो क्रान्ति
मान्दैन मेरो क्रान्ति
साथीलाई मनाऔं कसरी क्रान्तिमा
भन्छ सम्हालिनु कसरी क्रान्तिलाई
मुख्य यो पागल मनको क्रान्तिले
तिमी मेरो आशाको क्रान्ति
तिमी मेरो चाहनाको क्रान्ति
तिमी मेरो माया हो क्रान्तिको
प्रितिको आँधीमा क्रान्ति
एउटा विद्रोह जस्तो लाग्यो
क्रान्तिकारी छु जनता छ देश छ
आशा छ प्रसन्नता छ ।

तिम्रो हसिलो क्रान्तिको अनुहारमा
तिम्रो खुलेको क्रान्तिको कपालमा
तिम्रो झुकेको क्रान्तिको आँखामा
म घरि घरि क्रान्तिमा मरिरहेको छु
क्रान्ति उन्मातभन्दा बढी
क्रान्ति मनभन्दा तिब्र
क्रान्ति यो जीवनभन्दा अघि
क्रान्तिको माया तिमीलाई गर्दछु
तिमी मेरो क्रान्तिको अभिलाषा
तिमी मेरो क्रान्तिको सास
तिमी मेरो क्रान्तिको सुख हो
भाबनाको क्रान्ति घरमा
एउटा विद्रोह जस्तो लाग्यो
क्रान्तिकारी छु जनता छ देश छ
आशा छ प्रसन्नता छ ।






Comments