छाउराहरूले सम्झौता गरेको ?
भदौ २४, २०७८, बिहीबार | दिउँसो ०३:३८ बजे | 5
कुमार लघु
अमेरिकी साम्राज्यवादको उपहार चाहिन्दैन्
हामी आफ्नै पाखुरीले नेपालसम्वृध्द पार्छाै
देश नै लुट्ने एमसिसी विकासको थेगो चाहिन्दैन्
देश मरूभूमि वनाउने हरियाली फाँट धोष्टनगर
एमसिसी नआएकै वेला ,
जनताका छोराछोरीहरूको टाउको फुटाले ,जेल,
खोर भर्ने बोली आफ्नै देशको लठ्ब्रोले भनीसके
देश अस्थिरताले थिलथीलताले कापिसके हेर ! जिल्लामा जिल्लामा विरूधको आवाज घन्कायो
देश र जनताको हित
नगर्ने साम्राज्यवादका छाउराहरू
अफगानिस्तान र प्यालेस्टिनमा हेर न हविगत
देशभक्तहरू आफ्ना देशको निम्ति ज्यान तोड्छ
जनताले देश वचाउने हो,नेताहरू होईन विचार
जो देशभक्तहरू हो देशको निम्ति उठछन्
जसरी हुन्छ देशलाई सार्वभौमवनाई राख्नुपर्छ,
नेपालका छाउराहरूले सम्झौता गरेको एमसिसी
नेपाली जनतालाई मान्यता एकछैन् ,दुईछैन ।