सल्लाघारीमा हार्डवेयर पसलहरुमा अनुगमन


भदौ २२, २०७८, मङ्गलबार | दिउँसो १२:५३ बजे | 50


सल्लाघारीमा हार्डवेयर पसलहरुमा अनुगमन

भक्तपुर, २२ भाद्र । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारी, व्यासी र देकोचामा हार्डवेयर पसलहरु नौ वटा सोमबार र मंगलबार दुई दिन अनुगमन गरियो । अनुगमनमा स्थानीय तहमा पसल दर्ता नभए पचास हजारदेखि एक लाख रुपैंयासम्म, विल विना सामान विक्रि गरे तीन लाखसम्म र इष्टिमेट विलमा विक्रि गरे बीस हजार रुपैंया जरिवाना हुने संयोजकले बताउनु भयो ।
भाद्र २१ गतेको अनुगमनमा गणेश एण्ड टे«डस दर्ता नविकरण धेरै बर्षदेखि नभएकोले नविकरण गर्नुपर्ने, मुल्य सूचि नराखेकोले राख्नु पर्ने, सिमेन्ट र दण्डि राख्ने गोदाममा सिमेन्ट ओसिलो स्थान वा सर्जि आउने स्थानमा राखे गुणस्तर विग्रनुको साथै डल्ला पर्ने भएकोले भुईंमा आग्लो गरी फल्याक विछ्याई राख्नु पर्ने र दण्डिहरु पनि खिया नलाग्ने गरी जमिनभन्दा माथि उठाई काठ विछ्याई राख्नु पर्ने सुझाब दियो । अनुगमन ब्रम्हायणी महादेवी हार्डवेयर प्रा.लि.मा इष्टिमेट विलमा सामान विक्रि भएको, नगरपालिकाको दर्ता प्रमाण पत्र नभएको, तराजु नविकरण नभएको, मुल्य सुचि नभएको, सिमेन्ट र दण्डि राखेको गोदाममा भुई मै राखेको पाइएकोले सो सुधार गरी पसल तीन दिन भित्र दर्ता गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न, सिमेन्ट र दण्डि राख्ने गोदाममा सिमेन्ट ओसिलो स्थान वा सर्जि आउने स्थानमा राखे गुणस्तर विग्रनुको साथै डल्ला पर्ने भएकोले भुईंमा आग्लो गरी फल्याक विछ्याई राख्नु पर्ने र दण्डिहरु पनि खिया नलाग्ने गरी जमिनभन्दा माथि उठाई काठ विछ्याई राख्न निर्देशन दिई तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । सूर्य विनायक हार्डवेयर तीन ठाउ“मा सल्लाघारी, श्रृजना नगर, उपचार पोखरी निर राखेको पसलमा बस्नेले जानकारी दिई दर्ता, सिमेन्ट र दण्डि राख्ने गोदाममा सिमेन्ट ओसिलो स्थान वा सर्जि आउने स्थानमा राखे गुणस्तर विग्रनुको साथै डल्ला पर्ने भएकोले भुईंमा आग्लो गरी फल्याक विछ्याई राख्नु पर्ने र दण्डिहरु पनि खिया नलाग्ने गरी जमिनभन्दा माथि उठाई काठ विछ्याई राख्न र खरिद विक्रि विल लगायत कुनै पनि कागजात नदेखाएकोले तीन दिन भित्र ती कागजत लिई कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै कञ्चन हार्डवेयर एण्ड पोली टे«ड दर्ता कागजात नदेखाएकोले तीन दिन भित्र कागजात सहित कार्यालयमा उपस्थित हुन र तराजू नविकरण गर्न, मुल्य सुचि राख्न निर्देशन दियो ।
भाद्र २२ गतेको अनुगमनमा एस.एन. हार्डवेयर सेन्टरमा पारदर्शी नेपालले अनुगमन गर्दा डण्डि र सिमेन्ट चिस्यान हुने भुईमा राखेकोले व्यवस्थित गरी राख्न दिएको सुझाब अझै कार्यान्वयन नभएकोले डण्डि र सिमेन्ट चिस्यान नहुने स्थानमा व्यवस्थित गरी राख्न, दर्ता नविकरण गर्ने, मुल्य सुचि अपडेट गरी राख्ने, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो । ईन्जिनियर्स हार्डवेयर दर्ता नभएकोले तीन दिन भित्र दर्ता गर्ने, तराजु नापतौल विभागमा नविकरण गर्ने, डण्डि र सिमेन्त चिसान नहुने स्थानमा व्यवस्थित गरी राख्न निर्देशन दियो । त्यस्तै चा“गु नारायण हार्डवेयर दर्ता नविकरण गर्ने, तराजु नापतौल विभागमा नविकरण गर्ने, सामान भ्याट विल विना विक्रिको वितरण नगर्ने, सि.सि. क्यामेराको जिल्ला प्रशासन कार्यालयमा स्वीकृति लिन र मुल्य सुचि राख्न निर्देशन दियो । टाईम एण्ड स्टाइल सप्लायर्स तीन दिन भित्र दर्ता गर्ने, मुल्य सुचि राख्ने, तराजू खरिद गरदेखि नविकरण नगरेकोले तत्काल नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो । त्यस्तै कुमारी हार्डवेयर दर्ता नविकरण गर्ने, मुल्य सुचि राख्ने, तराजु नापतौल विभागमा नविकरण गर्ने, विक्रि विल नदेखाएकोले विक्रि विलमा मात्र विक्रि वितरण गर्ने, सिमेन्ट भण्डारणमा चिसान नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
अनुगमनमा अनुगमनमा भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी परिसरका प्र.स.नि. कुमारी रानामगर र भगाउर प्रसाद हरिजन, बाणिज्य विभागका रामचन्द्र ढकाल, उद्योग वाणिज्य संघका विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा र लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, घरेलु कार्यालयका सिताराम त्वायना सहभागी थियो ।
 


Comments

ताजा खबर