पितृ देव भब ः
भदौ २२, २०७८, मङ्गलबार | विहान ०८:५५ बजे | 25
डा इन्दुल केसी
जन्म जन्मान्तरको चक्कर
गर्भबाट निस्कें आमाको
तिम्रो शुक्रकिट मेरो यो देह
तिम्रो स्नेहको मलजल पाएर
तिमीले नै दिएको संस्कार बोकेर
शिक्षादिक्षाको परिणाम स्वीकारेर
कर्मयोगका योगी भएर
तिम्रै आज्ञा शिरोधार्य गरेर
स्वच्छ खानपानमा पाले परिवार
जीवनभर सकेको सेवा गरेर
तिमीलाई नै सुखी खुसी तुल्याएर
अन्तमा विदा दिएँं श्रद्धाञ्जली दिएर
परलोक हुनुभो हजुर हामीलाई छोडेर
पण्डित पुरोहितका सल्लाह मानेर
वर्षैपिच्छे बसें शुद्ध पिण्ड दान गरेर
बद्रका शुभमा तीर्थतन गरेर
ब्रम्ह कपालीमा अन्तिम पिण्ड दिएर
केवल पितृदवो भनी तिमीलाई नै सम्झेर