राम्रो संस्कार पस्किनु जाती !
भदौ १९, २०७८, शनिबार | साँझ ०४:२३ बजे | 25
बुद्धिकुमार घो
खै के हुन्छ !
नेपालमा राजनीतिक नेतागिरी
पुग्दै गर्दा उमेर ७० को हाराहारी
होस खुलेर हो कि बेहोसीमा परी
हिजो आफैले अथक परिश्रम गरी
हुर्काएको पार्टी हिड्छन् परित्याग गरी !
हिजो
काँग्रेस पार्टी निर्माण र विकासमा
संघर्षशील ईतिहास निर्माण गरी
लौह पुरूष मानिएका गणेसमान सिंह
संस्थापक मध्यकै कृष्णप्रसाद भट्टराई
दुबैले छोडेकाथे काँग्रेस पार्टी उसै गरी !
हिजो र आज
कम्यूनिष्ट राजनीतिमा कठोर संघर्षगरी
संघर्षीशील र त्यागी ईतिहास बनाई
माओवादी धारबाट मोहन वैद्य किरण
उबेलाका उग्र क्रान्तिकारी बाबुराम भट्टराई
अलगिन पुगे आफ्नो धार परिवर्तन गरी !
त्यसैगरी बहिर्गमित भए
एमाले कम्यूनिष्ट धारको उत्थान गरी
ईतिहास निर्माण गरेका मोहन चन्द्र
आर. के. र सीपी मनाली दाजुभाई
र अहिले नेपालद्वय माधव र प्रदीप
पूर्व प्रम समेत रहेका जे.एन.खनाल
अनि वामदेव गौतम राजिनामा गरी !
जीवनभरि त्याग, बलिदान र संघर्षगरि
टुक्राटाक्रीमा विभाजित राजनीतिलाई
उहिले आफैद्वारा विशेषण दिइएका
राजनीतिक नाङ्लेपसलहरूलाई
मूलधारमा गोलबन्द र एकतावद्ध पारी
निर्माण गरेको अनुपम ईतिहासलाई
आफैद्वारा नामेट पारी
राजनीतिक नाङ्लेपसल थाप्न
किन भएका होलान् अग्रसर फेरी
आफ्नो धारबाट,
यो उमेरमाआई
मोहभँग भएकै हो भने
अलगथलगभई राजिनामा वा
भूरेटाकुरे राजनीतिक
नाङ्लेपसल थाप्नुको सट्टा
राजनीतिबाट संन्यास घोषणागरी
राजनीतिमा राम्रो संस्कार पस्किनु जाती
यो उमेरमा थकानबाट विश्राम लिई
आफ्नो अनुभव र भोगाईलाई
जनसमक्ष ल्याउनु जाती
सानो दलको नेता बनी
आफ्नो बचेखुचेको कद घटाउनुभन्दा
आफै उदाहरण बनी
सबैको अभिभावकभई
अग्रसरहुनु जाती !