फिल्म शूटको लागि बलिउडका प्रख्यात अभिनेता अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र अभिनेत्री परिणिती चोपडा नेपाल आउने भएका छन् । फिल्म ‘उचार्ई’ को लागि नेपाल आउन लागेका यी कलाकारहरूको शूटिङ अक्टोबर ५ मा काठमाडौँदेखि सुरु हनेछ ।


लुक्ला, नाम्चे, लाङटाङ र मनाङमा शुटिङ्ग हुने छ । साथै अक्टोबरको पहिलो साता नेपाल आउने भएका हुन्  शूटिङ र यात्रा गरेर फिल्म युनिट एक महिना नेपालमा रहने भएको छ । शूटिङ अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनीले संचार मन्त्रालयसँग अनुमति मागेको छ ।

उक्त खबर भारतीय संचार कोइमोइ र पिंकभिल्लामा पनि उल्लेख छ । मित्रताको कथा प्रस्तुत गर्ने फिल्मको निर्देशन सुरज वर्जत्यले गदै छन् । २०२२ सम्म फिल्मको सम्पूर्ण काम सकी प्रदर्शनमा ल्याउने तयारी निर्माण टिम रहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments