सपना देखायो रातो किताबले


भदौ १६, २०७८, बुधबार | विहान ०५:३७ बजे | 20


सपना देखायो रातो किताबले

रामकृष्ण प्रजापति
फोहरी राजनीति
सत्ता केन्द्रीत खेल
एउटालाई उठायो
अर्कोलाई पछार्यो
जनतालाई हात्ती आयो हात्ती आयो फुस्सा देखायो नेताले ।

देशको फोहरी राजनीतिले
दुखेको छ यो मन
दुखेको छ यो मुटु
मनमा आशा जगायो रातो किताबले
पहिला म मजदुर थिएँ
क्रान्तिकारी बनायो रातो किताबले ।

चेग्वेभाराको डायरी हेराईले
बनाई रह्यो क्रान्तिकारी
यो क्रान्तिकारीपन मेरो होइन
मैले त चेग्वेभारको जीवनी पढें
जुन सबै सिकायो रातो किताबले ।

कहिले कहाँ क्रान्तिको बाटो विराएर गयो
कति थियो सपनाहरु
उड्यो साथीहरुको ककटेल पार्टीमा
रक्सीको मातले बनायो तनाब
के गर्यो सायद कसैले
हात झिक्यो क्रान्तिले ।

अझ केही समय पछि
समानताको आशा टाढा भएर गयो
क्रान्तिलाई खोज्ने कसरी ?
रक्सिको नशामा बाटोहरु भुलेर गयो
वर्ग भेद समेत नभएको समानताको
सपना देखायो रातो किताबले ।
धन्यवाद !

Comments