चोरी तथा लुटपाट गतिविधि नियन्त्रणका लागि ज्ञापन पत्र प्रस्तुत
भदौ १५, २०७८, मङ्गलबार | विहान ११:२२ बजे | 35
विगत केही दिनदेखि बढन थालेको मोबाइल चोरी तथा लुटपाटका घटना नियन्त्रणका लागि थप सजगता अपनाउन अनुरोध गर्दै भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ र भक्तपुर मोबाइल व्यवसायी संघले आज महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक श्री शिव कुमार श्रेष्ठ सामू ज्ञापन पत्र पेश ग¥यो ।
भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले उक्त ज्ञापन पत्र पेश गर्नु हु“दै जिल्लामा शान्ति सुरक्षा कायम गर्ने कार्यमा महानगरीय प्रहरी परिसर भक्तपुरको भूमिका सराहनिय ह“ुदाह“ुदै पनि भक्तपुर जिल्लाका विभिन्न मोबाइल पसलहरुमा चोरी हुने तथा दिनदहादै पसलबाट मोबाइल लुटेर लग्ने जस्ता गतिविधिहरु वृद्धिहुन थालेको हुंदा त्यस्ताघटनाबाट व्यवसायीहरु पिडित बन्नुका साथै जिउ ज्यानमै समेत खतरा महसुस गर्न थालेको विषय प्रति महानगरीय प्रहरी परिसरको ध्यानाकर्षण गराउनु भयो । यसै गरी नजिकिदै गरेको वडादशै तथा तिहार पर्वमा विभिन्न व्यवसायिक क्ष्ँेत्रहरुमा समेतयस्ता गतिविधिहरु अझ बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी प्रशासनबाट थप सतर्कता अपनाउनु हुन माग पनिगर्नुभयो ।
सो अवसरमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक श्री शिव कुमार श्रेष्ठले जिल्लामा शान्ति सुव्यवस्था कायम गराउन प्रहरी प्रशासन सदैव क्रियाशिल रहेको बताउनु हु“दै अपराधिक गतिविधिमा संकास्पद कुनै व्यक्ति देखिएमा वा कुनै घटना भएमा तत्काल प्रहरीको १०० नम्बरमा सूचना गरी सहयोग पु¥याउनु हुन अनुरोध गर्नु भयो । साथै व्यवसायिक सुरक्षामा उद्यमी व्यवसायीको समेत साथ र सहयोग आवश्यक पर्ने वहा“ले बताउनु भयो ।
ज्ञापन पत्र पेश गर्ने क्रममा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष श्री माधव प्रसाद प्रजापति, भक्तपुर मोबाइल व्यवसायी संघका अध्यक्ष श्री श्याम नगरकोटी लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।