अहिले त म युवा हुँ


भदौ १५, २०७८, मङ्गलबार | विहान ०५:२१ बजे | 20


अहिले त म युवा हुँ

रामकृष्ण प्रजापति


इमान्दारीतामा खोट नभएको
क्रान्तिका संवाहक हुँ
जाँगर नै जाँगर हुँ
संघर्ष गर्नेहरुको गौरब हुँ
गरिबहरुको जीवन हुँ
भष्ट्रहरुको यमराज हुँ
अहिले त म युवा हुँ ।

आन्दोलनको ज्योति हुँ
आमुल परिवर्तन मेरो लक्ष्य हो
विद्रोहका गोलाबारुद्ध हुँ
दमनकारीका दुश्मन हुँ
लिनु समानताको बाटो
फेरी म युवा हुँ
अहिले त म युवा हुँ ।

जोश, जाँगर र उमंगले भरिएको
म क्रान्तिको बाटो हुँ
स्वय्म्भुको आँखा हेर
न्याय अन्याय छुट्याउने
म शोषितहरुको आशा हुँ
म पिडितहरुको संचार हुँ
अहिले त म युवा हुँ ।
धन्यवाद !






Comments