हलिउड अभिनेता ’ड्वेन जोनसन’ रकलाई उछिन्दै अभिनेता डानियल क्रेग हलिउडका सबैभन्दा महँगो कलाकार बनेका छन् । १०० मिलियन डलर कमाइसहित रकलाई पछी पार्दै उनी शीर्ष स्थानमा पुगेका हुन् । गत वर्ष यो स्थानमा रक थिए ।

तर, यो वर्ष ५० मिलियन डलर कमाइसहित उनी दोस्रो स्थानमा झरेका छन् । हलिउड म्यागेजिन भेराइटीको रिपोर्ट अनुसार तेस्रो स्थानमा ‘किङ रिचर्ड’बाट अभिनेता विल स्मिथ र ‘द लिटिल थिंग्स’बाट डेन्जेल वाशिंगटन चौथो स्थानमा कलाकार लियोनार्डो डिक्याप्रियो र मार्क वाहलबर्ग परेका छन् ।

पाचौ स्थान भने नायिकाहरुले ओगटेको उल्लेख छ  ियस्तै, अभिनेता रयान गोस्लिंग, ब्राड पिट, क्रिस हेम्सवर्थ, टम क्रुज, र किनु रिब्स क्रमशः सूचीको छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् । म्यागेजिनले हरेक वर्ष हलिउड स्टारहरूले पाउने पारिश्रमिकको पूरा विवरण सार्वजनिक गर्ने गरेको छ ।
...

All Comments.......


Please Login/Register To Comments