किन मनाइन्छ श्री कृष्ण जन्माअस्टमी


भदौ १४, २०७८, सोमबार | विहान ०२:१० बजे | 60


किन मनाइन्छ श्री कृष्ण जन्माअस्टमी

सुनिल सापकोटा
श्री कृष्णको ब्याक्तित्व बाट म अत्यन्तै प्रभावित छु । हुनत कृष्ण लाई ब्यासले महाभारत  साहित्यत्को एउटा अदभूत महानायक बनाएर प्रस्तुत गरेपनी वहाँको ब्याक्तित्व बडो अजिव , बिबादास्पद , रहस्यमय , ज्ञान र चातुर्यताले भरिएको छ । वहाँको जीवनमा  मान्छेमा हुने सबै राम्रा  नराम्रा  गुण र रङहरु पाइन्छ । वहाँको बारेमा ओसोले भनेका छन  “ जब कुनै चेतना व्यापक भएर सबैलाई समेटछ त्यो कृष्ण हो “ बुद्धको लागी जीवन दुःख हो भने कृष्णको लागि जीवन उत्सव हो ।

पागैतिहासिक कुरा गर्दा भगवान्  श्री कृष्णको जीवन चरित्र हामी मानव  जाति सङ धेरै मिल्दोजुल्दो भएपनि चमत्कारिक र बिचित्रको छ।

 ८ जिवनका केही बिशेषता ः

१) वहाँको छालाको रंग कालो थियो , वहाँको शरीर  बाट एउटा मादक गन्ध आउँथ्यो अरे।  कोहि भन्छन् वहाँको आयु १२५बर्ष  , कोहि भन्छन्  ११० बर्ष  ... ?

२) वहाँको शरिर हेर्दा सुन्दर र कोमल देखिन्थ्यो,  तर युद्धको बेला वहाँको मांसपेसीहरु कठोर हुँदै फैलिन्थ्यो ।

३)वहाँको मृत्युको बेला वहाँको शरिरमा न चाउरिपना थियो न केश नै पाकेका थिए अरे .....

४) वहाँको सौतेनि आमा र हजूर आमा ( बाबू पट्टिको ) नाग जातीका थिए। वहाँ लाई पाल्ने धर्म पिता नन्द आभिर जातीका थिए भने जन्म दिने पिता बासुदेव यादव जातिका थिए।

५) कृष्णको प्रेमिका “ राधा “ को प्रसङ्ग महाभारत , भागवत पुराण मा पाइदैन । जनश्रुति , गित , भजन र कविताहरुमा मात्र उल्लेख भएको पाइन्छ । उनी कृष्ण भन्दा लगभग १६  ÷ १८ बर्ष जेठि थिइन अरे । राधाको बिबाह “ अय्यन “ वा  रमण नाम गरेका गोप सङ भएको थियो अरे ....

६) कृष्णको जेठो छोरा प्रधुम्नको सानैमा अपहरण भै १६ बर्ष पछी मात्र बिहे भएर घर फर्किएका थिए ।     प्रधुम्न पनि  रुक्मीणि बराबर को उमेरका थिए।

७) कृष्णको अन्तिम बर्ष छोडेर हेर्दा वहाँ  ६ महिना मात्र द्वारिकामा बसोबास गरेको पाइन्छ । जबकी त्यो स्थान वहाँले नै निर्माण गर्नुभएको थियो।

८ ) कृष्णको त्यत्रा छोरा नाति आपसमा युद्ध गरेर मरे , सिद्दिए ... पछि पनातिहरु मध्ये एक मात्र जिवित पनाति “ ब्रज नाभ “ जसलाई युधिस्टिरले इन्द्रप्रस्थको सिंहासनमा बसाएका थिए ।
[[img2]]

अत्र    –  शस्त्र शिक्षा ः

१) वहाँले  औपचारिक शिक्षा  केही महिना मात्र अध्यन गरेको पाइन्छ । योग साधना चाहिँ सिक्नु भएको  थियो।

२) वहाँले मार्सल आर्ट र डाँडिया नाच आफैं सृजना गर्नु भएको थियो। वहाँले आफैं एउटा शक्तिशाली नारायणी फौजको पनि आत्म रक्षाका लागि निर्माण गरेको पाइन्छ ।

३) उनले कैयौंपटक युद्ध , सामाजिक र राजनैतिकर ब्यक्तिगत  अभियानहरु संचालन गरेको पाइन्छ । जस्तैः आफ्नै मामा कंशको   बध , महाभारतको युद्ध , अर्जुन , नकासुर र बाणासुर सङ को युद्ध  , अनि आफ्नै भान्जा शिशुपाल को हत्या आदी।

८ महान कार्य ः

१) द्वारिका र  खान्डवप्रस्त ( ईन्द्रप्रस्त ) को स्थस्पना।

२) स्कुलको स्थापना । जहाँ युद्ध कौशलका ट्रेनिङ हुन्थ्यो ।

३) नारीहरुको रक्षा र सम्मान । वहाँले १६०००(  सोरह हजार)
स्त्रीहरु जो नरकासुर ले बन्धक बनाएर शोषण गरेको थियो तिनिहरु लाई मुक्त गर्न   युद्ध गरि नरकासुर लाई  मारी ती स्त्रीहरुलाइ मुक्त  गरि आफ्नैले बिबाह गरि उनिहरुको अबैध सन्तानहरु लाई आफ्नो नाम दिई पिताको भूमिका खेल्नु भएको थियो। जबकी त्योबेला ती स्त्रीहरुको पिता र दाजुभाइ र समाजले उनीहरुलाइ सामाजिक स्विकार र मान्यता दिएको थिएन। त्यस्तै द्रोपतीको चिरहरण गरेको बेला सहायताको प्रसङ्ग आदि। द्रोपति लाई वहाँ सखी भन्नू हुन्थ्यो र द्रोपती सङ घनिष्ट मित्रता थियो।

४)त्यतिबेला  निरंकुश राजतन्त्रको बिरोध र गणतन्त्रको स्थापनामा अहम् भूमिका निर्वाह गर्नु भएको थियो । अन्याय , अत्याचार , शोषण बिरुद्ध र रुढीबादीको बिरोध । जस्तैः काशीका पाखन्डि ब्राह्मणहरु बिरुद्धको अभियान । आदि।

५) गिताको उपदेश जो मानवताको लागी ठूलो सन्देश हो वहाँले नै अर्जुनलाई ज्ञान दिदा भन्नू भएको थियो।

श्री कृष्णको चिन्तन गर्दा मलाई बडो अचम्म लाग्छ । बास्तबमा यो होला न होला .... यो एउटा दर्शन वा  साहित्य नै होला ... तर पनि म कृष्णको जीवन प्रसङ्ग हेर्दा रोमान्चित हुन्छु । केही वहाँका रोचक थप कुराहरु .....

एकातिर ५५ बर्ष भन्दा माथी उमेर हुँदा  रुक्मिणि सङ बिबाह गर्नुहुन्छ  भने अर्कोतिर आफुभन्दा १६ बर्ष उमेर  जेठि  अर्का कि श्रीमती ( राधा )सङ प्रेम र रोमान्स गर्नुहुन्छ ।  त्यस्तै गोपिनिहरु जिक्किनुहुन्छ  र राश लिला गर्नुहुन्छ  । वहाँले आठवटा नारीहरु सङ बिबाह गर्नु भएको थियो।

एकातिर  सानैमा घर घर गएर मखन चोरी गर्नुहुन्छ भने अर्कोतिर हेर्दा गाउँ समाजको हक हित मा सानैमा धेरै सामाजिक  कामहरु गरेको पाइन्छ ।

त्यस्तै ज्ञान , बुद्धि र तर्कमा त्यो बेला वहाँलाई कसैले पनि पराजित गर्न सक्तैन थियो। बास्तवमा  वहाँको रुप र ब्याक्तित्व अत्यन्तै बुझ्न न सकिने मायावी छ ।

फाेटाेमा हेर्नुहाेस्...

किन मनाइन्छ श्री कृष्ण जन्माअस्टमी

Comments