ललितपुर । सांगितिक र सिने क्षेत्रमा समेत ईतिहास बोकेका जनप्रतिनिधी निर्मल रत्न शाक्यले आफ्नो जन्मदिनको सुअवसरमा अर्को ऐतिहासिक कदम स्थापित गरेका छन ।

“लिक्क वया”, “छि भाजु झाइला धका” लगायत लोकप्रिय गीत अनि “एक दिन एक रात” जस्तो सिनेमाका निर्माताको पृष्ठभूमी बोकेका जनप्रतिनिधि निर्मल रत्न शाक्यले आफ्नो जन्मदिनको अवसरमा “ललितपुर महानगरपालिका १६ वडा कलाकार समिति ” गठन गरेका हुन ।

जन्मदिनको सुअवसरमा ललितपुर महानगरपालिका १६ वडा कार्यालयमा बसेको बैठक बाट संगीत , नृत्य र अभिनय बिधाको समस्तिगत बिकास गर्ने उद्देश्यले उनले “ललितपुर महानगरपालिका १६ वडा कलाकार समिति ” गठन गरेका हुन ।

“वडा मात्र नभै देशकै नेपालभाषा र नेपाली संगीत र कलाकारिता क्षेत्रमा योगदान दिने क्षमतालाई यस समितिमार्फत उजागर गर्दै नवपुस्ताको पनि योगदान बिकसित हुँदै जानेमा म अबा विश्वस्त भएको छु । मेरो अनि वडाको सहयोग र सहकार्य आजीवन रहने पनि अठोट गरेको छु ।” वडाध्यक्ष शाक्यले प्रतिबद्धता जनाउँदै भने ।

१६ वडाका सदस्यहरुकासाथै वडा सचिवसमेत रहेको समितिमा नेपाली संगीत र साहित्य क्षेत्रमा योगदान दिंदै आएका रेडियोकर्मीका साथै नेवाः पत्रकार राष्ट्रिय दबूका समेत अध्यक्ष रहनु भएका चर्चित गायक सुरज वीर बज्राचार्यको संयोजकत्वमा ८ जना विशिष्ट ब्यक्तित्वहरु उक्त १६ वडा कलाकार समितीमा आवद्ध हुनुभएका छन ।

ललितपुर महानगरपालिका वडा १६ भित्र रहेका प्रतिभाशाली बरिष्ठ संगीतकर्मी बदन शर्मा, नरसिंङ्ग लाल श्रेष्ठ लगायत नृत्यकर्मी कलाकार सन्जय शर्मा सल्लाहकार समेटिएको समितिमा सचिब – अनुप शाक्य (संचारकर्मी एवं कलाकार),;कोषाध्यक्ष – सलोना बज्राचार्य (अभिनेत्री), बरिष्ठ संगीत संयोजक भूपेन्द्र बज्राचार्य, गायक कलाकर्मीहरु निल शाक्य,अमर चित्रकार, मोहदिन खाँन, निसिला शाक्य, अमोघ वीर बज्राचार्य रहेको संयोजक सुरजबीर बज्राचार्यले जानकारी गराएका छन ।

पावन कार्यको दिगो बिकास सहित जन्मदिनको मंगलमय शुभकामना हाम्रो ईनडेफ्ट नेपाल टीमको पनि !...

All Comments.......


Please Login/Register To Comments