चाडबाडको बेलामा चिनीको आपूर्ति व्यवस्थापन सहज गरीदिन माग


भदौ १२, २०७८, शनिबार | विहान ०४:४६ बजे | 30


चाडबाडको बेलामा चिनीको आपूर्ति व्यवस्थापन सहज गरीदिन माग

राष्टिय उपभोक्ता मचले चाडवाडको बेलामा चिनीको आपूर्ति व्यवस्थापन सहज गरिदिन सरकारसमक्ष माग गरेको छ । मचका अध्यक्ष प्रेमलाल महर्जनले यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षणको पूर्ण पाठ
उपरोक्त बिषयमा गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्ने संबैधानिक हक अधिकार प्राप्त नेपाली जनताको उपभोक्ता अधिकारको संरक्षण र सम्बध्र्दन, तिनीहरुलाइ उपभोक्ताको हक अधिकारबारे उचित शिक्षा दिन, तिनीहरुको आवाजको सुनुवाइको साथै उचित क्षतिपूर्ति दिलाउन र उपभोक्ता सचेतना जगाई जागरुक उपभोक्ता समाज बनाउनको लागी २०६३ साल भाद्र २८ गते काठमाडौंमा स्थापना भएको राष्ट््िरय उपभोक्ता मन्चले देशको ७ वटै प्रदेशमा प्रदेश स्तरीय, ७३ वटा जिल्लामा जिल्ला स्तरीय तथा धेरै वटा स्थानीय तह (नगरपालिकाहरु) मा नगर समितिहरु गठन गरी आम उपभोक्ताको हितमा कार्य गर्दै जनता, उद्योगी व्यवसायी तथा सरकारलाइ देशमा भइ रहेको आर्थिक गतिबिधी, वस्तु तथा सेवाको मांग र आपूर्ति व्यवस्था तथा बजारमा हुने अनुचित व्यापारिक कृयाकलापका सम्बन्धमा सुसूचित गर्ने काम गर्दै आएको व्यहोरा समाननीय प्रधानमन्त्रीज्यूमा अवगत गराउन चाहन्छौं ।
प्रस्तुत बिषयमा निवेदन गर्दछौं कि नेपालीहरुले सनातन रुपमा मान्ने बिभिन्न चाडपर्वहरु घरघरमा आई सकेको अवस्थामा बजारमा चिनीको अभाव हुन थालेकोछ । नेपालमा बार्षिक खपत २८० हजार मेट््िरक टन हुन्छ भने उत्पादन १८० हजार मेट््िरक टन मात्र हुन्छ भन्ने अपुष्ट तथ्यांक रहेकोछ । मांग र आपूर्तिको बिचमा न्यून रहेको १०० हजार मेट््िरक टन तेश्रो मुलुकबाट आयात गरी आपूर्ति व्यवस्थापन गर्नु पर्ने बाध्यतात्मक परिस्थिति रहेकोछ ।
सम्माननीयज्यूलाइ अवगत नै भएको होला कि बिगतको सरकारले उत्पादक तथा व्यवसायीहरुको दवावमा आपूर्ति व्यवस्थापनमा नै खलल पर्ने गरी आवश्यकतानुसार आपूर्ति नगर्ने वा समयमा आपूर्ति व्यवस्थापन नगर्ने गरेको यथार्थ सबैको सामु छर्लड्ड नै छ । आम नागरिकलाइ अभाव सिर्जना गरी अनावश्यक दुख दिने यस्तो काममा नेपाल सरकारकै उच्च पदस्थ कर्मचारीहरुको पनि मिलोमतो भएको स्वयं सरकारी शुत्रहरुबाट नै बाहिर आउने गरेको कुराले उत्पादक, आयातकर्ता वा व्यवसायी, उच्चपदस्थ कर्मचारीहरु तथा नेतृत्व तहबाट नै अनुचित व्यापारिक कृयाकलाप हुने गरेको शंका गर्न सकिने प्रशस्त संभावना रहेको कुरा तथ्यहरु नभएको होइन ।
सम्माननीय प्रधानमन्त्रीज्यूमा अवगत गराउन चाहन्छौं कि बिगत ८–९ महिना अगाडी देखि नै बजारमा चिनीको अभाव रहंदै आएको र अभावकै कारण अन्तर्राष्ट््िरय बजार अझ भनौं छिमेकी मुलुक भारतमा प्रति किलो ५५ रुपैयां (नेपाली) मा पाउने चिनी नेपाली बजारमा १०० रुपैयां प्रति किलो सम्ममा उपभोक्ताले खरिद गरिरहनु परेकोछ भने साल्ट ट््रेडिंग कर्पोरेशनमा चिनीको स्टक सिध्दिन लागेको हल्लाले केही दिन अगाडीबाट चिनीको मूल्य एकसय भन्दा बढि लिन थालेको अवस्थाछ ।
सम्माननीय प्रधानमन्त्रीज्यू, सरकारी सयंन्त्रको उदेक लाग्दो कुरा छ कि सात महिना अगाडी उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार आवश्यकतालाइ मध्यनजर गरी ३० हजार मेट््िरक टन चिनी सार्वजनिक संस्थानहरु खाद्य व्यवस्था कम्पनी र साल्ट ट््रेडिड्ड कर्पोरेशन लि.लाइ आयात अनुमति दिइ आपूर्ति व्यवस्था सहज गर्न अर्थ मन्त्रालयमा सहमतिको लागी पठाएको तर हालसम्म पनि अर्थ मन्त्रालयले सहमति नदिएको भन्ने कुरा सुन्दा अचम्म लाग्दछ । बिशेष शुत्रबाट हामीले पाएको सूचना अनुसार बाणिज्य मन्त्रालयले सहमति माग्दा समेत अटेर गरी आपूर्ति व्यवस्थापनमा नै सहज वातावरण सिर्जना गर्नेमा अर्थमन्त्रालयको उच्च पदस्थ कर्मचारीहरुको हात रहेको कुरा बुझिन आएकोछ । यदि यो कुरा सही हो भने यो कार्य जति निन्दनीय छ त्यतिनै पदिय दुरुपयोग भएको देखिन्छ । यस बिषयमा समेत आवश्यक छानविन गरी कारवाही गरी पाउन र बजार आवश्यकतानुसार चिनीको आपूर्ति व्यवस्थापन गरी बजारमा भई रहेको अभाव र कृत्रिम महंगी नियन्त्रण गरी नेपाली जनताले मनाउने चाडपर्वहरु उल्लासका साथ मनाउने अवसर सिर्जना गरी पाउन सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक अनुरोध गर्दछौं ।

Comments

ताजा खबर