रिलिज नहुदैँ राखे नयाँ रेकर्ड ‘स्पाइडरम्यान ः नो वे होम’ फिल्मले


भदौ १२, २०७८, शनिबार | विहान ०४:०२ बजे | 20


फिल्म रिलिज नहुँदै ‘स्पाइडरम्यान ः नो वे होम’ले नयाँ रेकर्ड राखेको छ । रिलिज अगावै फिल्मको ट्रेलरले पछिल्लो २४ घण्टामा ३५५.५ मिलियन भ्यूज प्राप्त गरी एभेन्जर्स ः एन्ड गेमको ट्रेलरलाई पनि उछिनेको छ । स्पाइडरम्यानले पाएको भ्यूज एभेन्जर्सले पाएको भन्दा ६५ मिलियनले बढी हो ।


एभेन्जर्सको ट्रेलरले २८९ मिलियन भ्यूज प्राप्त गरेको थियो ।  आगामी डिसेम्बरमा रिलिज तयारीमा रहेको यो मार्भल स्टुडियोको प्रतीक्षित फिल्म हो । फिल्ममा टम हल्यान्ड स्पाइडरम्यान बनेका छन् ्। यो सन् २०१७ मा रिलिज भएको ‘स्पाइडरम्यानःहोमकमिङ’ को दोस्रो शृङ्खला हो ।

Comments