वर्तमान समयको चित्र–विचित्र
भदौ ११, २०७८, शुक्रबार | विहान १०:४३ बजे | 5
डा इन्दुल केसी
१) आँखा ः नाना पत्रपत्रिकाहरु, टि.भि. र फेसबुकमा
२) कान ः श्रव्य साधनहरु, रेडियो, मोबाइल आदिमा
३) हात ः कम्प्युटर, ल्यापटप फेरि मोबाइलैमा
४) दिमाग ः कोरोना महामारी, नाना रोग व्याधिहरु
५) राजनैतिक पार्टी ः टुटफुट र दल बदलमा
६ं) नेता ः एक अर्कालाई जथानाम गालीगलौजमा
७) कार्यकर्ता ः पद, पैसा कमाउने मौकाको खोजमा
८) संसद् ः बेला–बेलामा भंग र पुनःस्थापनामा
९) राष्ट्रपति ः नानाथरीका अध्यादेशहरु जारी गर्नमा
१०) मन्त्री÷प्रधानमन्त्री ः सपथ ग्रहण कार्यमा पनि आफ्नै पनमा
११) आयोगहरु ः आफै वियोग र अन्यौलमा
१२) जनप्रतिनिधिहरु ः ठेक्का पत्ता र अनियमित भत्तामा
१३) कामदार वर्ग ः वेरोजगारहरुको झुन्डमा
१४) सौखिन युवा÷युवती ः भट्टी, पब र रिसोर्टहरुमा
१५) असहाय वृद्ध÷वृद्धाहरु ः वृद्धाश्रमको खोजमा
१६) रोगी÷विरामीहरु ः उपचारक र हस्पिटलको मारमा
१७) न्यायमूर्तिहरु ः नानाथरिका विवादमा
१८) राजधानी ः यहाँका कलधाराहरु मस्त निन्द्रामा
१९) बहुचर्चित मेलम्ची ः बहुलाझै अन्यत्रै बाटोमा
२०) एम.सी.सी. ः कोही पासै गर्ने दाउमा, कोही यसको विरोधमा
२१) निमुखा जनता ः बेहालै बेहालमा