वागीश्वरी मा.वि.,कलेजकोे बजेट सार्वजनिक
भदौ १०, २०७८, बिहीबार | दिउँसो ०३:०१ बजे | 45
भक्तपुर÷१० भाद्र– ‘विद्यालय र कलेजको नयाँ बजेट आउँदाशिक्षककर्मचारीको तलब कति बढ्यो ?, सुविधा कति बढ्यो ? भन्नु भन्दा के नयाँ कार्यक्रम आउँदैछ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’ उक्त कुरा वागीश्वरी मा.वि.र वागीश्वरी कलेजको बजेट सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाकाप् रमुख सुनिल प्रजापतिले व्यक्त गर्नुभएको हो ।
वागीश्वरी मा.वि.का प्रधानाध्यापककृष्ण प्रसाद धन्छाले विद्यालयको बजेट रु.१४ करोड ५५ लाख १८ हजार ९०६ रुपैयाँ र टेक्स (प्राविधिकशिक्षा)तर्फ दुई करोड ६५ लाख ८१ हजार १ सय ६९ रुपैयाँ गरी जम्मा १७ करोड २१ लाख७५ रुपैयाँको बजेट प्रस्तुतगर्दै कार्यरत शिक्षक कर्मचारीहरुलाई श्रम ऐन बमोजिम आन्तरिक स्रोतबाटै सुविधादिएको बताउनुभयो । उहाँले यस वर्ष ब्रह्मचारिणी आधारभूत विद्यायको स्तरोन्नतिको काम गरिरहेको बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले पाँच करोड ७२ लाख २८ हजार २ सय ६४ रुपैयाँको बजेट प्रस्तुतगर्दै यसवर्ष कलेजले अनुसन्धानमूलक गतिविधिको लागि २८ लाख ७५ हजार बजेट विनियोजन गर्न पाएकोमा खुशीव्यक्त गर्नुभयो । कलेजको शैक्षिकगुणस्तर बढ्दै गएको, उत्तीर्ण दरमा उत्कृष्ठनतिजाहासिल गर्नुका साथै विद्यार्थी भर्ना वृद्धिले उत्साहितभएको उहाँले बताउनुभयो ।
अनलाइन जुम कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले कलेज र विद्यालयले झण्डै एक करोडको छात्रवृत्ति दिँदै आएकोमा खुशीव्यक्त गर्नुभयो । उहाँले विद्यालयकलेजको प्रगति हेर्न नचाहने तत्वहरु निहुँपाएपछि जसरी पनिबिगार्ने भड्काउने दाउमा रहने बताउँदै विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय समुदाय सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापति, विद्यालयको सहायक प्र.अ. कृष्ण प्रसाद कर्माचार्य, कलेजका लेखा सहायक रमेश गोसाईलगायतले बोल्नुभएको थियो ।