‘बेल बटम’ को लगानी उठाउन पनि धौ धौ
भदौ ९, २०७८, बुधबार | विहान ०१:३१ बजे | 35
अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘बेल बटम’ यती बेला सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ । कोरोना त्रास बिच पनि रिलिज गरिएको यस फिल्मले सुखद व्यापार भने गरेको छैन । बक्स अफिसमा ‘बेल बटम’ सबै भन्दा कमजोर फिल्म कहलिएको छ । आफ्नो लगानी उठाउन पनि फिल्मलाई धौ धौ परेको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो पटक सिनेमा हलमा फिल्म रिलिज गरिएको थियो । त्यसैले पनि फिल्मले कमजोर व्यापार गरेको भारतीय फिल्मकर्मीहरूको भनाइ छ ि ४५ करोडमा बनेको फिल्मले चार दिनमा १३ करोड ४५ लाखको मात्र व्यापार गरेको छ । फिल्मको पहिलो दिने कमाई २ करोड ७५ लाख थियो ।