रोकेन कोरोनाले पाँचपोखरी जट्टापोखरी जात्रा


भदौ ७, २०७८, सोमबार | विहान ११:०० बजे | 5


रोकेन कोरोनाले पाँचपोखरी जट्टापोखरी जात्रा

डम्बर थापा   
रामेछाप   
ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलको रुपमा परिचित प्रकृतिको अनुपम उपहार दोलखा र रामेछाप जिल्लाको  सीमानामा पर्ने  रामेछापको सान तथा गोकुलगंगा गाउँपालिका को गहना आस्था र विश्वासको  रुपमा रहेको पवित्र स्थल समुद्री  सतह देखी ४२५० मिटर उचाइ जट्टापोखरी र ४५१४ मिटर उचाइमा पाँचपोखरी पवित्र स्थल पर्दछ ्र हरेक बर्षको जनैपुर्णिमाका दिन यो धार्मिक जात्रा मनाइन्छ ्र यहाँ सम्म आउनको लागि गोकुलगंगाको गर्जाङ सम्म बसको यात्रा र कारीब २ दिनको पैदल यात्रा पछि यो स्थानमा पुग्नसकिन्छ ्र यो पवित्र  स्थान को दर्शन गरेमा मनोकामना  पुराहुने, रोग व्याध नलाग्ने, रोग व्याध  लागेको सन्चो हुने आस्था  रहेको पाइन्छ ्र यहाँ दर्शन गर्नको लागि काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुङ्गा, चितवन, मकवानपुर लगायतका जिल्ला  बाट दर्शन गर्न दर्शनार्थिको  बाक्लो उपस्थिती पाइयो ्र जिरी–१, दोलखा निवासी छिरीङ शेर्पाका अनुसार यस पाँचपोखरी, जट्टापोखरीको भाकल गरे भाकल  पुराहुने जन विश्वास रहेको जानकारी गराउनु भयो  ्र पौराणिक किम्बदन्ती अनुसार पहिले पहिले दर्शनार्थिले यस पोखरीमा दर्शन गर्न जाँदा भोकलागेका बेला खाना माग्दा पोखरी बाट आफै खाना पाकेर बाहिर आउने गरेको  तर अहिले भने त्यो कुरा पौराणिक किम्बदन्तीमा मात्र सिमित रहेको उँहाले जानकारी  गराउनु भयो ्र यस पाँचपोखरी, जट्टापोखरीलाई प्रचार प्रसार संरछन र व्यब्यस्थित गर्नु पर्नेमा सरोकार वालाहरु लाई उँहा सुझाब दिन चाहनुहुन्छ

Comments